रुपन्देही प्रहरीद्वारा करिब ६ लाख मूल्य बराबरको अबैध सामान बरामद

रुपन्देही खबर , ९८  पटक हेरिएको

रुपन्देही, मंसिर १७

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ६ लाख ६ हजार मुल्य बराबरको अबैध सामान बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार जिप्रका रुपन्देही तथा मातहतका टोलीहरूले मंसिर १६ र १७ गते जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उक्त मुल्य बराबरको अबैध सामान बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय, बेलहियामा पठाइएको जिप्रका रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनु भएको छ ।

प्रहरीका अनुसार जिल्लाबाट खटिएको टोलीले मंसिर १७ गते रोहिणी गाउँपालिका–३ बाट ३ वटा भैसी, ११ वटा पाडी, रेडिमेड कुर्ता ६० थान, सिलाउने कुर्ता ३० थान, लेडिज पछौरा ४० थान, र निके लेखिएको हुडी लगायतका सामग्री बरामद गरेको छ । बरामद सामग्रीहरूको मूल्य करिब रु. ४ लाख ५१ हजार बराबर रहेको प्रहरीले जनाएको छ ।

यस्तै गरी इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले मंसिर १६ र १७ गते सिद्धार्थनगर नगरपालिका–१, बेलहिया बसपार्कबाट मोटरसाइकल, कम्बोर्ड ट्वाइलेट सिट, स्विटर, पोन्डस पाउडर, बोरो प्लस क्रिम, र दैनिक उपभोग्य ५ बोरा सामग्री बरामद गरेको छ । बरामद सामग्रीहरूको मूल्य करिब रु. १लाख ५५ हजार रुपैया रहेको छ । प्रहरीका अनुसार बरामद सामग्रीहरू अवैध भन्सार चोरी–पैठारीसँग सम्बन्धित छन् र प्रहरीले आवश्यक कारबाही अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: २०२५-१२-०३ , समय : २२:०७:०६ , १२ घन्टा अगाडि