रुपन्देही खबर , ६० पटक हेरिएको
भैरहवा, मंसिर २७
मोबाइल व्यवसायी संगठन रुपन्देहीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट हरिबहादुर पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । नव–निर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजकुमार गुप्ता, महासचिवमा श्यामप्रकाश गुप्ता, कोषाध्यक्षमा दिनेश गुप्ता तथा सचिवमा दीपक पौडेल चयन हुनु भएको छ । यस्तै गरी सह–कोषाध्यक्षमा रमेश यादव र सह–सचिवमा पुरुषोत्तम केसरी निर्वाचित हुनु भएको छ ।
कार्यसमितिका सदस्यहरूमा जसवन्त धवल, सत्यम कलवार, मोहम्मद रसिद मुसलमान, सुजन दंगाल, विजेता कुमार वर्मा र रमेश पाण्डे रहनु भएको छ । नवनिर्वाचित अध्यक्ष हरिबहादुर पाण्डेले मोबाइल व्यवसायीहरूको हक–हित संरक्षण संगठनको प्रमुख प्राथमिकता रहने बताउनु भएको छ । उहाले भन्नु भयो , “मोबाइल व्यवसायीहरूले भोग्दै आएका समस्या समाधान गर्न संगठनलाई अझ व्यवस्थित, पारदर्शी र सक्रिय बनाइनेछ। व्यवसायीहरूबीच एकता मजबुत गर्दै सरकारी निकायसँग समन्वय गरेर नीतिगत सुधारका लागि पहल गरिनेछ।”
अध्यक्ष पाण्डेले सबै व्यवसायीको साथ, सहयोग र सुझावका आधारमा संगठनलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा तालिम, सचेतना कार्यक्रम तथा व्यवसायिक मर्यादा प्रवद्र्धनमा जोड दिइने पनि स्पष्ट पार्नु भयो । साधारणसभामा अघिल्लो कार्यसमितिको योगदानको कदर गर्दै पूर्व अध्यक्षप्रति विशेष धन्यवाद व्यक्त गरिएको थियो ।
प्रकाशित मिति: २०२५-१२-१३ , समय : २२:२२:४४ , ३ घन्टा अगाडि