रुपन्देही खबर , १४२ पटक हेरिएको
सुनवल, पुस ४
नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१३ पर्साहवामा गाजाँको अवैध किनबेच भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले गाजाँ सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
यहि पुस २ गते साझ करिब ४ः४० बजेको समयमा इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले शंकास्पद गतिविधि देखिएपछि दुई वटा घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा एक घरबाट किताबको पन्नामा बेरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको ८१ पुरिया तथा प्लास्टिकका दुई पोका गरी प्लास्टिकसहित ४ केजी ५३० ग्राम गाजाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी सोही स्थानको अर्को घरमा गरिएको खानतलासीबाट ५१ पुरिया गाजाँ फेला परेको छ, जसको तौल ८०८ ग्राम रहेको छ।
बरामद गाजाँसहित पक्राउ परेका दुई जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: २०२५-१२-१९ , समय : १०:०९:०२ , १ दिन अगाडि