स्व.राम नरेश यादवको १६ औँ पुण्यतिथिमा गोपाल सेवा समिति रुपन्देहीद्वारा शोक सभा

सबै वक्ताले स्व.यादवको समाजसेवामूलक योगदानको स्मरण गरे

रुपन्देही खबर , ७६  पटक हेरिएको

भैरहवा, पुस ११

गोपाल सेवा समिती रुपन्देहीका संस्थापक सदस्य स्वर्गीय राम नरेश यादवको १६औँ दिनको पुण्यतिथिको अवसरमा गोपाल सेवा समिति परिवार रुपन्देहीले शोक सभा सम्पन्न गरेको छ । गोपाल सेवा समिति रुपन्देहीका अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष भरथरी यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका पुर्व सामाजिक बिकास मन्त्री बसीउद्दिन खानको प्रमुख आतिथ्यतामा आज मायादेवी ६ शिवपुरमा शोकसभा गरिएको हो ।

कार्यक्रममा बोल्दै पुर्वमन्त्री बसीउद्दिन खानले स्व. राम नरेश यादव एक निष्ठावान, इमानदार र समाजप्रति गहिरो प्रतिबद्धता राख्ने व्यक्तित्व भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, “राम नरेश यादवजस्ता व्यक्तित्वहरू समाजका मेरुदण्ड हुन्। उहाँले कहिल्यै व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिनु भएन, सधैं समाजको हितलाई केन्द्रमा राखेर काम गर्नुभयो । स्व. यादवले देखाउनुभएको सेवा, त्याग र सद्भावको बाटो आजको पुस्ताले मात्रै होइन, भावी पुस्ताले पनि अनुशरण गर्नुपर्नेमा जोड दिदै यस्ता व्यक्तित्वको योगदान समयसँगै झन् उजागर हुँदै जाने र कहिल्यै नमेटिँने बताउनु भयो ।

यस्तै गरी गोपाल सेवा समिति रुपन्देहीका अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष भरथरी यादवले स्व. राम नरेश यादव गोपाल सेवा समिति मात्र नभई समग्र समाजका लागि प्रेरणाका स्रोत रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “स्व. राम नरेश यादवको जीवन समाजसेवाका लागि समर्पित थियो । उहाँले गोपाल सेवा समिति स्थापना र सञ्चालनमा पु¥याउनुभएको योगदान अमूल्य रहेको जोड दिनु भयो । स्व. यादवको निधनले हामीले एक अभिभावक, मार्गदर्शक र प्रेरणादायी व्यक्तित्व गुमाएका बताउदै उहाले छोड्नुभएको सेवा र मानवीय मूल्यलाई आत्मसात गर्दै हामी अगाडि बढ्नु नै उहाँप्रति साँचो श्रद्धाञ्जली हुने अध्यक्ष भरथरी यादवको भनाइ छ ।

यस्तै गरी गोपाल सेवा समिति रुपन्देहीका वरिष्ठ जिल्ला सदस्य राजाराम यादवले स्व. यादव सधैं समाजको दुःख–सुखमा अग्रपंक्तिमा रहने व्यक्तित्व भएको बताउनु भएको छ । उहाले भन्नु भयो । “समाजमा कसैलाई पीडा पर्दा स्व. राम नरेश यादव पहिलो व्यक्ति भएर उभिनुहुन्थ्यो। चाहे गरिब, असहाय, पीडित वा पछाडि पारिएका वर्ग हुन्, उहाँले सबैलाई समान दृष्टिले हेर्नुहुन्थ्यो। आज उहाँ हामीमाझ हुनुहुन्न, तर उहाँका कर्म र सम्झनाहरू सधैं हामीसँग जीवित रहनेछन्।”

यस्तै गरी सियारी–३ का पूर्व वडाध्यक्ष घिसन यादवले स्व. यादव समाजमा मेलमिलाप, सहिष्णुता र एकताको सन्देश फैलाउने व्यक्तित्व भएको बताउनुभयो। उहाँले भन्नुभयो,“आज समाजमा बढ्दो विभाजनको अवस्थामा स्व. राम नरेश यादवले देखाउनुभएको एकता र सहकार्यको भावना झनै महत्वपूर्ण छ। उहाँले सधैं विवाद होइन, समाधान खोज्न सिकाउनुभयो। उहाँको योगदान हामीले जीवनभर सम्झिरहनेछौँ।”

मायादेवी–२ का वडाध्यक्ष अगनु यादवले स्व. यादवले समाजसेवाको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,
“स्व. राम नरेश यादवबाट हामीले समाजप्रतिको उत्तरदायित्व, कर्तव्यबोध र सेवाभाव सिकेका छौँ। उहाँले स्थानीय तहदेखि समग्र समाजको विकासका लागि खेलेको भूमिका कहिल्यै बिर्सन सकिँदैन।”

यस्तै गरी समाजसेवी गुरुबचन यादवले स्व. यादव सामाजिक न्याय, समानता र मानवीय मूल्यका पक्षधर रहेको स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, “उहाँले कहिल्यै भेदभावलाई स्वीकार गर्नुभएन। सबै नागरिक बराबर हुन् भन्ने सोच उहाँको व्यवहारमा देखिन्थ्यो। उहाँको आत्माले चिरशान्ति पाओस् भन्ने कामना गर्दछु।”

यस्तै गरी नेपाली कांग्रेस क्षेत्र नं.–४ का क्षेत्रीय सभापति मुकेश यादवले स्व. यादव समाजका सबै वर्गलाई समान रूपमा सम्मान गर्ने व्यक्तित्व भएको बताउनुभयो। उहाँले भन्नुभयो, “स्व. राम नरेश यादवले राजनीति भन्दा माथि उठेर समाजसेवा गर्नुभयो। उहाँको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत हो, जसलाई हामीले इतिहासका रूपमा संरक्षण गर्नुपर्छ।”

यस्तै गरी समाजसेवी तथा युवा नेता आशुतोष मिश्राले स्व. यादवजस्ता व्यक्तित्वले समाजमा सकारात्मक सोच र सेवाभाव फैलाएको बताउनु भएको छ । उहाँले “युवापुस्ताले स्व. राम नरेश यादवको जीवनबाट धेरै कुरा सिक्न सक्ने बताउदै सेवा, इमानदारी र सामाजिक उत्तरदायित्व उहाँका मुख्य पहिचान भएको जोड दिनु भएको थियो ।

यस्तै गरी मायादेवी–६ का पूर्व वडाध्यक्ष राजेन्द्र यादवले स्व. यादवको निधनले समाजले अभिभावक गुमाएको अनुभूति भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “उहाँ सधैं सल्लाह, सहयोग र मार्गदर्शनका लागि उपलब्ध हुनुहुन्थ्यो। उहाँको अभाव समाजले लामो समयसम्म महसुस गर्नेछ।”

गोपाल सेवा समिति रुपन्देहीका सचिव उमाशंकर यादवले संचालन गर्नु भएको कार्यक्रममा सहभागीहरुले स्व. राम नरेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेका थिए ।

प्रकाशित मिति: २०२५-१२-२७ , समय : ००:१४:५८ , ४ घन्टा अगाडि