तुलसीराम पौडेल , ६३ पटक हेरिएको
फर्साटिकर,पुस १५
रुपन्देहीको शुद्वोदन गाउँपालिका ४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा फर्साटिकर माविको खेलमैदानमा मंगलवारदेखी १३ औं शुद्वोदन फर्साटिकर कप प्रतियोगिता शुरु भएको छ ।
मंगलवार सिद्वार्थ क्लब चपरपट्टी भर्सेस फर्साटिकर एकेडेमी फर्साटिकर बिच भएको प्रतियोगितामा सिद्वार्थ क्लब चपर हट्टिले शुन्यका विरुद्ध ३ गोलको अन्तरले विजय हासिल गरेको छ।
सिद्वार्थ क्लब चपरहट्टिका जर्सी नम्बर ११का खेलाडी समुद्र ज्ञवालीले पहिलो हाफको २० औ मिनेटमा प्रहिलो गोल गरेका थिए ।सोही टिमकै जर्सी नम्बर १० का दर्शन विकले पहिलो हाफको ३१ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।
दोस्रो हाफको १९ औं मिनेटमा सिद्वार्थ क्लब चपरहट्टीकै
खेलाडी जर्सी नम्बर १२ का सन्तोष कार्कीले तेस्रो गोल गर्न सफल भएका थिए । मंगलवार सम्पन्न खेलको म्यान अफ द म्याच सिद्वार्थ क्लबका खेलाडी समुद्र ज्ञवाली घोषित भए ।एभिन्यू कन्सल्टेन्सिका संचालक राजेन्द्र कंडेलले म्यान अफ द म्याच पुरस्कार समुद्र ज्ञवालीलाई प्रदान गर्नुभयो । म्यान अफ द म्याच पुरस्कारका स्पन्सर राजेन्द्र कंडेल हुनुहुन्थ्यो ।
१३ शुद्वोदन फर्साटिकर कप प्रतियोगिता शुद्वोदन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले एक कार्यक्रमका बीच उद्वाटन गर्नुभयो ।
कार्यक्रम फर्साटिकर युवा क्लबका अध्यक्ष अमृत खड्काको अध्यक्षता तथा शुद्वोदन गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
फर्साटिकर युवा क्लबका उपाध्यक्ष दिवस पाण्डेको स्वागत मन्तव्य तथा सचीव राजन खनालको संचालनमा सम्पन्न कार्यक्रममा शुद्वोदन गाउँपालिका उपाध्यक्ष शान्ता ज्ञवाली, एनफा अध्यक्ष लोकबहादुर पुन,क्लबका संस्थापक अध्यक्ष दामोदर पङ्गेनी र खेल संयोजक रवि खड्का लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
प्रकाशित मिति: २०२५-१२-३० , समय : २१:३८:१९ , ४ घन्टा अगाडि