सिसा रुपन्देहीद्धारा भैरहवामा दोस्रो खेल महोत्सव सम्पन्न

१५ गोल्ड,९ सिल्भर,सात ब्रन्च ल्याउदै ब्राइट स्टार प्रथम

उर्मिला यादव यात्री , ११८  पटक हेरिएको

भैरहवा, पुस १७

सिद्धार्थ इन्टिग्रेटेड स्कुल एसोसिएसन (सिसा) रुपन्देहीको आयोजनामा भैरहवामा दोस्रो खेल महोत्सव २०८२ सम्पन्न भएको छ । सिसाका अध्यक्ष एल.बि. रौतारको अध्यक्षता तथा खेल हेड अफिसियल भरत गिरीको प्रमुख आातिथ्यतामा शनिबार एक कार्यक्रमका बिच खेल महोत्सव सम्पन्न भएको हो ।

बिद्यार्थीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासलाई लक्षित गर्दै आयोजना गरिएको यस खेल महोत्सवले विद्यालयस्तरमा खेलकुद संस्कृतिको प्रवद्र्धन गर्ने अपेक्षा गरिएको थियो ।

खेल महोत्सव मा बोल्दै प्रमुख अतिथी गिरीले खेलकुद विद्यार्थी जीवनको अभिन्न अङ्ग भएको बताउदै सानै उमेरदेखि खेलमा संलग्न हुँदा शारीरिक स्वास्थ्य मात्र नभई मानसिक सन्तुलन र सकारात्मक सोच विकास हुने बताउनु भएको छ । उहाले विद्यालयस्तरबाटै खेलकुदलाई प्राथमिकता दिइनु भविष्यका लागि दक्ष खेलाडी उत्पादन गर्ने आधार हुने धारणा राख्दै सिसाले थालेको यो पहल प्रशंसनीय रहेको बताउनु भएको छ ।

यस्तै गरी सिसाका सल्लाहकार तथा खेल संयोजक अमित यादवले स्वागत मन्तव्य राख्दै खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई विद्यार्थीको जीवन निर्माणसँग जोडिएको महत्वपूर्ण आधार भएको बताउनु भएको छ ।

उहाले खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, सहकार्य र नेतृत्व क्षमता विकास गराउने उल्लेख गर्दै पढाइसँगै खेलकुदलाई समान महत्व दिनुपर्ने धारणा राख्नु भएको छ । उहाले यस्ता प्रतियोगिताले विद्यार्थीभित्र लुकेको प्रतिभा उजागर गर्ने अवसर सिर्जना गर्ने बताउनु भएको छ ।

यस्तै गरी सिसाका अध्यक्ष एल.बी. रौतारले सिसा स्थापना हुनुको मुख्य उद्देश्य नै निजी विद्यालयहरूबीच आपसी सहकार्य, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीको सर्वाङ्गीण विकास भएको बताउनु भएको छ । उहाले खेल महोत्सवजस्ता कार्यक्रमले विद्यार्थीहरूलाई स्वस्थ प्रतिस्पर्धा, आपसी सद्भाव र मित्रता को भावना विकास गराउने भन्दै आगामी दिनमा यसलाई अझ व्यवस्थित र व्यापक बनाइने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

प्रतियोगितामा सब जुनियर तर्फ छात्रा ४ र छात्र ४ गरी ८ वटा खेलहरु भएका थिए । जसमा सिद्धार्थ एकेडेमीले २ वटा गोल्ड, ३ सिल्भर , ३ ब्रन्च ल्याएको थियो भने ब्राइट स्टारले ३ गोल्ड, १ सिल्भर, र ३ ब्रन्च ल्याएको थियो भने युनिक पब्लिकले ३ गोल्ड, ४ सिल्भर र १ ब्रन्च ल्याएको थियो भने मोर्डन पब्लिकले १ वटा ब्रन्च मात्र ल्याउन सकेको थियो ।

यस्तैै गरी जुनियर तर्फ भएको खेलमा ब्राइट स्टारको २ गोल्ड, ६ सिल्भर, र २ ब्रन्च ल्याउन सफल भएको थियो भने सिद्धार्थ एकेडेमीको ५ गोल्ड, १ सिल्भर र ३ ब्रन्च ल्याएको थियो भने मोर्डन एकेडेमीले १ सिल्भर र १ ब्रन्च ल्याएको थियो भने युनिक पब्लिकले ३ गोल्ड, २ सिल्भर र ४ ब्रन्च ल्याउन सफल भएको थियो जसमा ५ वटा छात्र तर्फ र ५ वटा छात्रा तर्फ भएको थियो ।

यस्तै गरी सिनियर तर्फ भएको खेलमा ब्राइट स्टारले १० गोल्ड, २ सिल्भर र २ ब्रन्च ल्याएको थियो भने युनिक पब्लिकले २ गोल्ड, २ सिल्भर र ५ ब्रन्च ल्याउन सफल भएको थियो। सिद्धार्थ एकेडेमीले १ गोल्ड, ३ सिल्भर, र ५ ब्रन्च ल्याउन सफल भएको छ । भने मोर्डन एकेडेमीले १ गोल्ड, ७ सिल्भर र २ वटा ब्रन्च ल्याउन सफल भएको छ ।

जसमा छात्रा तर्फ ७ र छात्र तर्फ ७ गरी १४ वटा खेल भएका थिए । प्रतियोगितामा भएका १४ वटा खेलमा १५ गोल्ड, ९ सिल्भर,सात ब्रन्च ल्याउदै ब्र्राइट स्टार इंगलिस बोडिंग स्कुल सिनपा प्रथम भएको छ । भने ८ गोल्ड, ८ सिल्भर र १० वटा ब्रन्च ल्याउदै युनिक पब्लिक स्कुल ओमसतिया ४ द्धितीय भएको छ भने ८ गोल्ड, ७ सिल्भर,११ वटा ब्रन्च ल्याई सिद्धार्थ ऐकेडेमी तृतीय स्थान हासिल गरेको छ ।

खेल महोत्सवमा सांस्कृतिक कार्यक्रमहरु पनि बिद्यार्थीहरुले प्रस्तुत गरेका थिए भने प्रतियोगितमा प्रथम , द्धितीय, तृतीय स्थान हासिल गरेका बिद्यार्थीहरुलाई मेडल , प्रमाण पत्र सहित सम्मान गरिएको थियो । भने सांस्कृतिक कार्यक्रममा सहभागी बिद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो भने सहभागी बिद्यालयहरुलाई समेत प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको थियो ।


प्रतियोगिता मार्फत उत्कृष्ट खेलाडी छनोट गरी उनीहरूको क्षमता अभिवृद्धिमा सहयोग गरिने लक्ष्य लिइएको सिसाले जनाएको छ । खेल महोत्सवमा सिसा अन्तर्गत रहेका ब्र्राइट स्टार इंगलिस बोडिंग स्कुल सिनपा १ , मोर्डन पब्लिक हाइस्कुल सिनपा ८ , सिद्धार्थ एकेडेमी सिनपा ७ रुपन्देही र युनिक पब्लिक स्कुल ओमसतिया ४ रुपन्देहीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा खेल सहसंयोजक मनोज जिसी, सहायक हेड अफिसियल अजिता रायमाझी, कमला रायमाझी, गंगा चौधरी, खेल शिक्षक बिशिष्ठ अतिथी नारायण कश्यप, जसपा रुपन्देही अध्यक्ष सियाराम यादव, लगायत बिद्यार्थी, शिक्षकहरुको सहभागिता रहेको छ । भने कार्यकम संचालन ब्र्राइट स्टार इंगलिस बोडिंग स्कुलका सहायक प्रधानाध्यापक तथा सिसा रुपन्देहीका सचिव राहुल यादवले गर्नु भएको थियो

प्रकाशित मिति: २०२६-०१-०१ , समय : ११:३८:३३ , ५ घन्टा अगाडि