तिलोत्तमा-६ मा सिलाई कटाई तालिम शुरु

रुपन्देही खबर , ७७  पटक हेरिएको

भैरहवा, पुस १९

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ वडा कार्यालयको आयोजनामा ६५ दिने (३९० घन्टे ) निःशुल्क सिलाई कटाई तालिम शुक्रबारबाट शुरु भएको छ । तालिमको वडा अध्यक्ष गणेश पाठकले एक समारोहका बीच उद्घाटन गर्नु भएको छ । उद्घाटन समारोहमा वडा अध्यक्ष पाठकले तालिममा सिकेको सीपलाई व्यवहार उतार्नुपर्ने र व्यवसायिक रुपमा तालिमको उपयोग गर्दै महिलाहरू आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । वडा सदस्य सिता खनालको स्वागतमा शुरु सो कार्यक्रममा महिला नेतृत्व मंचकी बाला घिमिरे, आदिबासी जनजाती महासंघ तिलोत्तमाका अध्यक्ष छत्र बहादुर दर्लामी, कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका प्रमुख नबिन किशोर गैरे,बरिष्ठ प्रशिक्षक टामलाल खनाल,तालिम संयोजक ध्रुव भुसाल लगायतले मन्तव्य राख्दै तालिमबाट सिकेको सिपले महिलाहरुको जिबनस्तर उकास्न सक्नुपर्ने कुरा व्यक्त गर्नुभएको थियो ।

वडा सचिव कृष्ण बहादुर क्षेत्रीले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष पाठकले गर्नुभएको थियो ।तिलोत्तमा-६ का स्थानिय महिलाहरुको सहभागितामा सञ्चालन हुने तालिम आदिबासी जनजाती महासंघ तिलोत्तमाको हलमा संचालन हुने छ। प्रशिक्षक मोति पुन र रिम्पत एसके ले प्रशिक्षण गराउने सो तालिममा वडा नम्बर ६ का विभिन्न टोलका गरी २४ जनाको प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । यस अघि पनि वडा नम्बर ६ ले महिलाहरुका लागि आत्मनिर्भरहुने विभिन्न तालिम तथा सिप सिकाउदै आएको छ।

प्रकाशित मिति: २०२६-०१-०३ , समय : ०७:५६:१२ , ५ घन्टा अगाडि