रुपन्देही खबर , २७० पटक हेरिएको
भैरहवा, पुस १९
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सिद्धार्थनगर नगर कार्य समिति रुपन्देहीको अध्यक्षमा पुन: मोहम्मद बसिर मुसलमान चयन हुनु भएको छ ।

आज लोसपा सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको नगर कार्य समित पुर्नगठन कार्यक्रममा पुन: मोहम्मद बसिरको अध्यक्षतामा ३१ सदस्यीय नया कार्य समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा सन्तोष वर्मा,मनिषा हरिजन,गणेश यादव ,सचीवमा सुनिल पाण्डे ,मनोज यादव ,सहसचीवमा गौतम हरिजन सुनिल वर्मा चयन गरिएको छ भने कोषाध्यक्षमा अजय वर्मालाई चयन गरिएको लाेसपा नेपाल रुपन्देही जिल्ला अध्यक्ष रवि रौनियारले जानकारी दिनु भएको छ ।

यस्तै गरि सदस्यहरुमा अनिल सहानी,दिलिप कोहार,ओमकार मौर्या,हरि प्रसाद मुराउ,राम प्रसाद गुप्ता ,जमुना पाइजा, रजत कुमार बनिया,सुरज हलुवाइ सुदामा थारु ,राजन कोहार,उमा शंकर धरिकार ,पप्पु हलुवाइ,वसिम खान,प्रेम कुमार शर्मा, मोहम्मद इदरिस,सन्त प्रसाद कुर्मी, बेचन चाइ ,निरज हरिजन र पन्कज पाठक चयन हुनु भएको छ ।
नेपाल सिद्धार्थनगर नगर कार्य समिति रुपन्देहीका अध्यक्ष मोहम्मद बसिर मुसलमानको अध्यक्षता तथा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि पाण्डेले संगठन बलियो भएमा मात्रै जनताको समस्याहरू प्रभावकारी रूपमा समाधान गर्न सकिने बताउनु भएको छ । उहाले लोकतन्त्र सुदृढ बनाउन सबैले मिलेर काम गर्नुपत्ने जोड दिदै आजको पुनर्गठित नगर कार्य समिति सिद्धार्थनगरमा लोसपा नेपाललाई थप सशक्त बनाउने काममा अग्रणी हुने बिश्वास व्यक्त गर्नु भएको छ ।उहाले हामीले युवा शक्ति, खेलकुद, महिला सशक्तिकरण र सामाजिक न्यायका क्षेत्रमा ध्यान दिनु आवश्यक भएको उल्लेख गर्दै पार्टीको मूल उद्देश्य जनताको सेवामा केन्द्रित रहनु भएको यस कार्य समितिलाई समेत यही मार्गमा अगाडि बढ्न आग्रह गर्नु भएको छ ।

यस्तै गरी लाेसपा नेपाल रुपन्देही जिल्ला अध्यक्ष रवि रौनियारले बोल्दै देशको वर्तमान राजनीतिक परिस्थिति र भ्रष्टाचारविरुद्ध पार्टीको प्रतिवद्धताको चर्चा गर्नुभएको थियो । उहाले भन्नू भयो “देशमा भ्रष्टाचार र कुशासन बढ्दो क्रममा छ। यसले कमजोर प्रशासन र न्याय प्रणालीलाई थप चुनौती दिइरहेको छ। हामी भ्रष्टाचारको विरोधमा दृढ छौं र कुशासनलाई अन्त्य गर्न जनताको आवाजलाई सशक्त बनाउनेछौं। यो कार्य समितिले मात्र संगठनको विकास होइन, सिद्धार्थनगरका जनता र समाजको हितमा पनि निरन्तर काम गर्नुपर्ने जिम्मेवारी बोकेको छ। हामी जनताको हक अधिकार सुनिश्चित गर्न निरन्तर सक्रिय रहिरहनेछौं।”

यस्तै गरि लुम्बिनी प्रदेश सांसद हेमा बेलबासेले पार्टी संगठन र जनताको प्रत्यक्ष सेवामा जोड दिनुभएको छ ।उहाले “पार्टीलाई क्रियाशील बनाउन नेतृत्व र सदस्य दुवैले योगदान दिनुपर्ने बताउदै संगठन बलियो भए मात्र जनताको आवाज प्रभावकारी हुने बिश्वास व्यक्त गर्नु भयो । उहाले नवगठित कार्य समितिले स्थानीय तहमा जनतासँग जोडेर काम गर्नुपर्ने उल्लेख गर्दै युवा, महिला र पिछडिएका वर्गलाई समान अवसर दिलाउने काम नै प्रमुख प्राथमिकता रहेको जोड दिदै सिद्धार्थनगरलाई विकास र समृद्धितर्फ लैजाने अवसर यही कार्य समितिले प्रदान गर्ने बताउनु भयो ।

यस्तै गरि नवनिर्वाचित अध्यक्ष मोहम्मद बसिर मुसलमानले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सक्रियतापूर्वक पार्टीको काममा योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।उहाले भन्नू भयो “मलाई पुनः अध्यक्षको जिम्मेवारी दिनु भएकोमा पार्टी र सबै सदस्यप्रति हार्दिक धन्यवाद। यो जिम्मेवारी मेरो व्यक्तिगत सफलता होइन, समग्र सिद्धार्थनगरका जनता र पार्टी कार्यकर्ताको विश्वासको प्रतीक हो।
आगामी दिनमा संगठनलाई अझ सशक्त, पारदर्शी र क्रियाशील बनाउँदै जनताको सेवामा केन्द्रित रहनेछु। उहाले युवा,महिला र सर्वसाधारणलाई संगठित गरी सामाजिक न्याय, विकास र समृद्धिको मार्गमा अघि बढ्ने बताउदै सबै सदस्यसँग मिलेर योजनाबद्ध र पारदर्शी तरिकाले काम गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
कार्यक्रमले सिद्धार्थनगरमा लोसपा नेपाललाई मजबुत बनाउने र स्थानीय तहमा जनताको आवाजलाई प्रभावकारी बनाउने आशा व्यक्त गरेको छ।

प्रकाशित मिति: २०२६-०१-०३ , समय : १७:३०:०४ , ४ दिन अगाडि