सिर्जनशील साहित्यिक समाजको २६४औँ मासिक सङ्गम सम्पन्न

रुपन्देही खबर , २१४  पटक हेरिएको

भैरहवा, पुस १९

सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवाले आफ्नो २६४औँ नियमित मासिक साहित्यिक सङ्गम भैरहवामा सम्पन्न गरेको छ ।
सिसासका अध्यक्ष सरु ज्ञवालीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार प्रा.डा. कपिलदेव लामिछाने प्रमुख आतिथ्यतामा शनिबार एक कार्यक्रमका बिच २६४ औं नियमित मासिक साहित्यिक सङ्गम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामिछानेले “साहित्यले समाजलाई चेतना दिनुका साथै भावनालाई उजागर गर्छ” भनी कार्यक्रमको महत्व बारे प्र्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिहरूमा सिसासका विशिष्ट सदस्य वनमाली निराकार र संस्कृतिविद् विजय सागर, संस्थाका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार कमल पोख्रेल “निश्छल”, सिद्धार्थ साहित्य परिषद्का सचिव लक्ष्मीप्रसाद अधिकारी र साहित्यकार तिलक लामिछाने लगायतको सहभागिता रहेको थियो ।
साहित्यिक सङ्गममा भजन, गीत, कविता, मुक्तक, लघुकथा र गजल वाचन गरिएको थियो। डा. लक्ष्मी पोख्रेल, दीपक प्रधान, लता प्रधान, सिर्जना खनाल, मञ्जु सिग्देल, निमा डि.सी., गङ्गा घिमिरे लगायतका साहित्यकारहरूले सिर्जनात्मक प्रस्तुति दिनु भएको थियो ।

कार्यक्रममा सहसचिव राधा भट्टराईले स्वागत मन्तव्य रहेको कार्यक्रम संचालन सचिव रामराज गौतमले गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरूले सिसासले युवा पुस्तामा साहित्यप्रतिको रुचि जगाउने काम अत्यन्तै महत्वपूर्ण रहेको बताएका थिए ।

प्रकाशित मिति: २०२६-०१-०३ , समय : २०:४४:३५ , २ दिन अगाडि