मायादेवी ६ बेथरी बरेवा रोडमा अवस्थित दुर्गा प्याथोलोजीको विशेष स्वास्थ्य अफर

१५०० रुपैयाँमै होलबडी चेकअप

रुपन्देही खबर , १८६  पटक हेरिएको

भैरहवा, पुस २१

रुपन्देहीको मायादेवी गाउँपालिका–६, बेथरी बरेवा रोडमा अवस्थित दुर्गा प्याथोलोजीले होलबडी चेकअपमा विशेष छुट अफर ल्याएको छ। लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको उक्त प्याथोलोजीले बिरामीको सुविधा र स्वास्थ्य सचेतनालाई मध्यनजर गर्दै पुस २७, २८ र २९ गतेसम्म लागू हुने विशेष अफर सार्वजनिक गरेको हो।

अफरअन्तर्गत १ हजार ५ सय रुपैयाँमा होलबडी चेकअप गर्न सकिनेछ। यस प्याकेजमा एचआईभी, हेपाटाइटिस ‘बी’ र ‘सी’, मुटु परीक्षण, लिभर र मिर्गौलासम्बन्धी जाँच, शरीरमा रहेको रगतको मापन तथा विभिन्न संक्रामक (भिरंगी) रोगको परीक्षण समावेश गरिएको छ। यसैगरी, थाइराइड जाँच ५ सय रुपैयाँमा गरिनेछ भने अफर अवधिभर सुगर (डायबेटिज) परीक्षण र ब्लड ग्रुप जाँच निःशुल्क गरिने दुर्गा प्याथोलोजीका मेडिकल ल्याब टेक्नोलोजिस्ट सुरेश कुमार बरईले जानकारी दिनुभयो।

सुलभ दरमा गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले यो अफर ल्याइएको प्याथोलोजीले जनाएको छ । कम खर्चमा धेरै परीक्षण, एकै स्थानमा सम्पूर्ण स्वास्थ्य जाँच र अनुभवी प्राविधिकद्वारा सेवा प्रदान गरिने भएकाले यो अफर सर्वसाधारणका लागि अत्यन्त लाभदायक हुने विश्वास प्याथोलोजीले लिएको छ। नियमित स्वास्थ्य परीक्षणमार्फत रोग पहिचान र समयमै उपचारमा सहयोग पु¥याउने उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको मेडिकल ल्याब टेक्नोलोजिस्ट बरईले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२६-०१-०५ , समय : १०:१५:५९ , ३ दिन अगाडि