रुपन्देही क्षेत्र नम्बर ५ बाट मोहम्मद वकिल मुसलमान एकल उम्मेदवार सिफारिस

रुपन्देही खबर , ८१७  पटक हेरिएको

भैरहवा,पुस २२

यही फागुन २१ गते हुने निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ५ बाट पूर्व मन्त्री मोहम्मद वकिल मुसलमानलाई नेपाली कम्युनिस्ट पार्टीले एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ । पार्टीको जिल्ला तथा क्षेत्रीय समितिको बैठकबाट मुसलमानको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो ।

पार्टीका नेताहरूका अनुसार लामो समयदेखि राजनीति र जनसेवामा सक्रिय मुसलमानको अनुभव, कार्यक्षमता र जनसम्पर्कलाई ध्यानमा राख्दै उम्मेदवार सिफारिस गरिएको हो । उहाँ यसअघि मन्त्रीका रूपमा कार्यरत रहँदा क्षेत्रको विकास, सामाजिक न्याय र समावेशी राजनीतिमा महत्वपूर्ण योगदान पुर्‍याएको पार्टीको दाबी छ ।

एकल उम्मेदवारका रूपमा सिफारिस भएपछि नेता तथा कार्यकर्तामा उत्साह थपिएको छ । आगामी निर्वाचनमा रुपन्देही–५ मा पार्टीलाई मजबुत बनाउने र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता मुसलमानले व्यक्त गर्नुभएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै रुपन्देही क्षेत्र नम्बर ५ मा संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्र बनाउने जनाएको छ ।

प्रकाशित मिति: २०२६-०१-०६ , समय : २१:५७:४१ , २ महिना अगाडि