रुपन्देही खबर , १४७ पटक हेरिएको
भैरहवा,पुस २५
भैरहवा–बेलहिया क्षेत्रमा अवस्थित नेपाल–भारत सीमा नाका बेलहियालाई व्यवस्थित, सुन्दर र नमूना नाकाको रूपमा विकास गर्न बेलहिया गाउँ समाजले सिद्धार्थनगर नगरपालिकासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।
नाकाको सुन्दरिकरण, हरियाली प्रवर्द्धन, सवारी पार्किङ व्यवस्थापन तथा सीमा क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि आवश्यक समन्वय र पहल गरिदिन समाजले सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खानलाई आग्रह गरेको हो।
सो अवसरमा नगरप्रमुख खानले बेलहिया नाकालाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन नगरपालिकाले स्थानीय समुदाय, सरोकारवाला निकाय तथा सम्बन्धित निकायहरूसँग समन्वय गर्दै परिणाममुखी काम अघि बढाइरहेको जानकारी दिनुभयो। उहाँले सीमा नाकाको व्यवस्थित विकासले नगरको पहिचान, व्यापार तथा पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुभयो।
नगरप्रमुख खानले आगामी दिनमा पनि स्थानीय समाजसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै बेलहिया नाकालाई अनुशासित, हरियालीयुक्त र दीर्घकालीन विकासको नमूनाका रूपमा स्थापित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रकाशित मिति: २०२६-०१-०९ , समय : २०:४२:२४ , १ दिन अगाडि