लालबिहारी माविमा सरस्वती मूर्ति स्थापना लागि राहुल यादवद्वारा आर्थिक सहयोग

रुपन्देही खबर , ११२  पटक हेरिएको

कोटहिमाई,पुस २८

रुपन्देहीको कोटहिमाई गाउँपालिका वडा नं. १ स्थित लालबिहारी माध्यमिक विद्यालय, सिपवामा माता सरस्वतीको मूर्ति स्थापना कार्यका लागि आर्थिक सहयोग प्राप्त भएको छ। यस गाउँपालिकाका भावी उम्मेदवार तथा सामाजिक र शैक्षिक क्षेत्रमा सक्रिय जुझारु युवा नेता राहुल यादवले मूर्ति स्थापना प्रयोजनका लागि पाँच हजार पाँच सय पाँच रुपैयाँ (रु. ५,५०५) सहयोग गर्नुभएको हो।

शिक्षा, सामाजिक सेवा र सांस्कृतिक पहिचानको संरक्षणमा निरन्तर योगदान दिँदै आएका यादवले विद्यालयस्तरमै सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सहयोग गरेको बताइएको छ। जनतालाई भगवान् सरह मानेर सधैं सेवामा समर्पित रहने उहाँको यस कदमको विद्यालय प्रशासन र स्थानीयवासीहरूले खुलेर प्रशंसा गरेका छ्न।

विद्यालय परिवारले सरस्वती माताको मूर्ति स्थापना कार्य सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गरेको छ।

प्रकाशित मिति: २०२६-०१-१२ , समय : ०९:२५:१२ , ५ घन्टा अगाडि