राष्ट्रिय लिग फुटबलमा आजका दुई वटै खेल बराबरी

रुपन्देही खबर , ७५  पटक हेरिएको

तस्वीर : एन्फा

काठमाण्डौ,माघ १९

राष्ट्रिय लिग फुटबलमा आज भएका दुई वटै खेल बराबरीमा सकिएका छन् । दशरथ रङ्गशालामा भएको खेलमा लालिगुँरास एशोसियसन र मच्छिन्द्र फुटबल क्लबको गोलरहित बराबरीमा सकियो ।

यस्तै आजै एन्फा कम्प्लेक्समा भएको सातदोबाटो युथ क्लब र चित्लाङ फुटबल क्लबको खेल पनि गोलरहित बराबरीमा सकिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।

राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।

प्रकाशित मिति: २०२६-०२-०२ , समय : २०:१७:१५ , १२ घन्टा अगाडि