एमाले उम्मेदवार प्रमोद यादवले प्रस्तुत गरे २५ बुँदे चुनावी प्रतिवद्धता

पूर्वाधार–कृषि–पर्यटनमा योजना घोषणा

रुपन्देही खबर , १०५  पटक हेरिएको

भैरहवा, माघ २१

रुपन्देही क्षेत्र नंम्बर ४ मा एमालेका उम्मेदवार प्रमोद कुमार यादवले २५ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ । मंगलबार मायादेवी गाउँपालिका–६ स्थित गुरवनियामा आयोजित पत्रकार सम्मेलनमा उहाँले पूर्वाधार, स्वास्थ्य, शिक्षा, खेलकुद र पर्यटन क्षेत्रमा आफ्नो योजनाहरु घोषणा गर्नुभएको हो ।

उम्मेदवार यादवले बेथरीदेखि थुम्हवासम्म चारलेन सडक निर्माण, लुम्बिनी–मर्चवारी र मर्चवारी–भैरहवा सडकको स्तरोन्नति, मर्चवार लिफ्ट सिंचाईको व्यवस्थित सञ्चालन, कृषि हाट बजार व्यवस्थापन र किसानको उत्पादन सिधै खरिद गर्ने व्यवस्था गर्ने योजना सार्वजनिक गर्नुभयो। साथै, सम्मरीमाईमा निर्माणाधिन शीत भण्डार पूरा गरी सुविधासम्पन्न बिउबिजन केन्द्र सञ्चालन गर्ने योजना रहेको बताउनुभयो।

स्वास्थ्य क्षेत्रमा, उहाँले प्रत्येक गाउँपालिकामा १५ शैयाको अस्पताल सञ्चालन, राम्रो सुविधासम्पन्न अस्पताल स्थापना र भैरहवा विमानस्थलदेखि छपिया बजार हुँदै वनघुसरीसम्म सडक स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। शिक्षा क्षेत्रमा, मर्चवारमा कृषि प्राविधिक शिक्षालय सञ्चालन र कोटमाईको डिग्री कलेजलाई व्यवस्थित गर्ने योजना छ ।

खेलकुद र पर्यटनमा, मर्चवारमा स्थायी अन्तर्राष्ट्रिय कुस्ती स्पोर्टस एकेडेमी स्थापना, खेलकुद मैदान निर्माण, युवालाई खेलकुदमा जोड्ने विशेष कार्यक्रम, धार्मिक र ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने योजना सार्वजनिक गरिएको छ।

यादवले “जेनजी पुस्ताको जोश र जेनवाई पुस्ताको होशलाई साथमा लिएर समृद्ध र सुखी मर्चवारबासी अभियान सफल बनाउने” प्रतिवद्धता व्यक्त गर्दै संघीय सरकारको सहयोगमा किसानलाई मलखाद व्यवस्थापनमा सहजीकरण, सर्पदंश उपचार केन्द्र सञ्चालन, घर–घर खानेपानी, सार्वजनिक शौचालय र वाईफाई सुविधा उपलब्ध गराउने योजना अघि सारेको जानकारी दिनुभयो।

स्थानिय प्रतिवद्धता तपशील बमोजिम रहेको छ।

१ बेबरीदेखि युम्ट्वा सम्मको चार लेन सडक स्लोगन्नती लुम्बिनी मचवारी, मर्चवारी भैरहवा जाड्ने सडकका स्तरोन्नती

२ मर्चवार लिफट सिचाइलाई व्यवस्थीत गरी मचवारका खेलहरुलाइ सिचीत गर्ने

३ मर्चवारीमा रहेको कृषि हाट बजारको व्यवस्थापन गर्ने किसानहरुको उत्पादन सिधै खरिद गर्ने व्यवस्था मिलाउने

४ समरीमाइमा निमाणाधीन शीत भन्डारलाइ सम्पन्न गर्ने सुविधा सम्पन्न विउ विजन केन्द्र सन्बालन गर्ने

५. समरीमा रहेको आंखा अस्पताललाई सन्चालन गर्ने

छोटी भत्त्यार समरीमाइको तरेती युमुवामा खोल्ने

७ स्वास्थयकोलागि राम्रो सविधा सम्पन्न अस्पताल सन्चालन गर्ने

८ हरेक पालिकामा १५ शैयाको अस्पताल

९. कोटहीमाईको मझगावमा रहेको डिग्री कलेजलाई व्यवस्थीत गर्ने र मर्चवारमा कृषि प्राविधिक शिक्षालय सन्यालन गर्ने

१० मचवार रिंगरोड निर्माण गर्ने तुनियाहवादेखि, बगौलि, सेमरा, करौता हुदै रोहिणीहवा, भगैया सम्म रिगरोड निर्माण गर्ने ।

११ भैरहवा विमानस्थलदेखि वेधरी छपिया बजार हदै बनघुसरी सम्मको सडकको स्तरोन्नती

१२ छपियादेखि लुम्बिनी जोड्ने सडकको स्तरोन्नी गर्ने ।

१३ समरीमाई चकियाघाटदेखि लुम्बिनी माम्कृतिक १२ जोडन दानव नदिमा पक्कि पुल निमाण गर्ने

१४ विभिन्न ठाउँमा तटबन्धको व्यवस्थापन डुवात क्षेत्रको पहिचान गरी तटवन्ध गराउने ।

१५ कुस्ती खेलकोलागि मचवारमा स्थायी अन्तराष्ट्रिय कुस्ती स्पोर्टस एकाडेमी निर्माण गरि नियमित सन्चालन गर्ने

१६ शुद्धखानेपानिकोलागि घरघरमा खानेपानिको सस्थानको धारा जडान गर्ने

१७ चौकचौकमा सावजनिक शौचालय र सार्वजनिक ठाउँमा वाईफाई सेवा

१८ हरेक गाउँपालिकामा दमकलको व्यवस्थापन गर्ने

१९ तीन वटै पालिकाको पायक पर्नेगरी खेलकुद मैदान निमर्माण गर्ने र युवाहरुलाई खेलकुदमा जोड्नेगरी फुटवल, भलिबल र क्रिकेट अभ्यासकोलागि विशेष कार्यक्रम सन्चालन गर्ने

२० मर्चवारीमाई, कोटहीमाई समरिमाई, केवटलिया समईमाईलाई धामिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गरी नेपालको पर्यटकीय गन्तव्यहरुको सूचिमा समावेश गन पहल गर्ने

२१ मचचारमा ग्रामिण षष्टनको विभिन्न कार्यक्रम वनाइ किशोर युबाहरुलाई सक्रिय बनाउने

२२ जेनज़ी पुस्ताको जीश, जेन वाइ पुस्ताको होशलाई साथमा लिएर समुद्र मचवार सुखी मर्चवारबासी अभियानलाई सफल बनाउने

२३ मचवारलाई अन्न भन्डारको केन्द्रको रुपमा स्थापीत गराइ संघीय सरकारबाट विशेष कार्यक्रम सन्चालन गर्ने

२४ किसानलाई मलखादको व्यवस्थापनमा सहजीकरण गर्ने

२५ मचवारमा सपदश उपचार केन्द्र स्थापना गरी सन्चालन गर्ने

प्रकाशित मिति: २०२६-०२-०४ , समय : १२:०८:५४ , ७ घन्टा अगाडि