बालेन्द्र शाहको रुपन्देही आगमन

धकधईमा रास्वपाको ‘घण्टी अभिवादन तथा जनसम्पर्क कार्यक्रम’

रुपन्देही खबर , १०७  पटक हेरिएको

धकधई,फागुन २

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज रुपन्देही आइपुग्नुभएको छ। पार्टीले आयोजना गरेको ‘घण्टी अभिवादन तथा जनसम्पर्क कार्यक्रम’ मा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो।

शाहको यस भ्रमणले रुपन्देहीमा रास्वपाको चुनावी अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा उहाँ रुपन्देही क्षेत्र नम्बर १ अन्तर्गतको धकधई मा आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ।
रास्वपाका नेताहरूले शाहको क्षेत्र नम्बर १ मा आगमनले पार्टी संगठन थप मजबुत हुने विश्वास व्यक्त गरेका छन्।

रास्वपाका लुम्बिनी प्रदेश सदस्य एवं रुपन्देही क्षेत्र नम्बर १ का प्रचार–प्रसार संयोजक प्रेम खत्रीका अनुसार शाह आज अपरान्ह ४ बजे धकधई आइपुग्नुहुनेछ।

यस भ्रमणमार्फत स्थानीयस्तरमा पार्टीको उपस्थिति सुदृढ हुँदै जनसम्पर्क अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-०२-१४ , समय : १०:५८:३२ , ३ घन्टा अगाडि