रुपन्देही खबर , २२७ पटक हेरिएको
काठमाण्डौ,फागुन २
तिनाउ गाउँपालिका–३, दोभानमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ। विपरीत दिशाबाट आइरहेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा कालिगण्डकी गाउँपालिका–४का ३१ वर्षीय मिलन सार्की र करिब ३० वर्षीया एक महिलाको मृत्यु भएको हो।
मृतक महिलाको पहिचान खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी होमप्रकाश चौधरीले दिनुभयो।
प्रकाशित मिति: २०२६-०२-१४ , समय : १९:११:२७ , २ महिना अगाडि