रुपन्देहीको धकधईमा जसपा नेपालको जनसम्पर्क तथा पार्टी कार्यालय उद्घाटन

रुपन्देही खबर , १२३  पटक हेरिएको

धकधई,फागुन २

जनता समाजवादी पार्टी (जसपा ) नेपालको जनसम्पर्क एवम क्षेत्र नं. १ को सम्पर्क पार्टी कार्यालय आज रोहिणी गाउँपालिका–३ धकधईमा उद्घाटन गरिएको छ । रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मोहम्मद असलम खानले पार्टी कार्यालयको उदघाटन गर्नु हुदै आफुहरुको लडाई पहिचान, अधिकारको रहेको जोड दिदै देशमा बढेको भ्रष्टचार बिरुद्ध भएको बतााउनु भयो । देशमाा भएकोा बेरोजगारी अन्त्य गर्न क्षेत्र नम्बर १ को बिकासका लागी आफनो उम्मेदवारी भएकोले छाता चिन्हमा मतदान गरी बिजयी गराउन आग्रह गर्नु भएको छ ।

उहाले अन्य पार्टीका ब्यक्ति पटक पटक बिजयी हुदा पनि यस क्षेत्रको बिकासका लागी कुनै काम नगरेकोले आफुले जनताको समस्या संसदसम्म पु¥याउने प्रतिबद्धता जनाउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिमा ठोस नीति ल्याउन जसपा नेपाल सक्षम रहेको बताउँदै जनताको विश्वास जितेरै चुनाव जित्ने दाबी गर्नुभयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवले रुपन्देही क्षेत्र नम्बर १ मा अब जसपा नेपालका उम्मेदवारलाई अवसर दिन आग्रह गर्नु भएको छ । उहाँले सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर जनताको घरदैलोमा पुग्न आग्रह गर्नुभयो।

यस्तै गरी जसपा नेपाल केन्द्रिय सदस्य विद्या प्रसाद यादवले यस क्षेत्रका सबैको अधिकार र पहिचानका लागी सडक देखि लिएर सदन सम्म आवाज उठाउने प्रतिबद्धता गर्नु भएको छ । उहाले यहि फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनमा जसपालाई जिताउन आग्रह गर्नु भएको छ ।

जसपा नेपाल थरुहट प्रदेश उपाध्यक्ष ब्यासमुनि चौधरीले थारु समुदायसहित सबै पिछडिएका वर्गको अधिकारका लागि जसपा नेपाल निरन्तर लड्दै आएको बताउनुभयो। उहाँले समावेशी राजनीति नै मुलुकको स्थायित्वको आधार भएको बताउदै क्षेत्र नम्बर १ मा जसपा उम्मेदवारलाई जिताउन आग्रह गर्नु भएको छ ।
यस्तै गरी समाजवादी विद्यार्थी युनियनका वरिष्ठ उपाध्यक्ष राहुल यादव ले युवाहरूलाई राजनीतिमा सक्रिय बनाउने समय आएकाले यहि फागुन २१ गते चुनाव सामान्य चुनाव नभएको बताउनु भयो । उहाले आफनो अधिकार, पहिचानसम्मान बचाउनका लागी जसपालाई जिताउनुपर्ने जिकिर गर्नु भयो । उहाले संबिधान संशोधनका लागी भए पनि जसपालाई एकपटक अवसर दिनुपर्ने बताउनु भयो । उहाँले शिक्षित युवा नेतृत्व बिना परिवर्तन सम्भव नभएकाले उल्लेख गर्नुभयो।

यस्तै गरी जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य कान्छा कोहारले पार्टीले जनताको भावना बुझेर काम गरिरहेको बताउँदै आगामी दिनमा जनआन्दोलनमार्फत अधिकार सुनिश्चित गरिने धारणा राख्नुभएको थियो ।

यस्तै गरी जसपा नेपाल रुपन्देही जिल्ला सदस्य बिनय यादवले पार्टी कार्यालय स्थापना जनतासँग प्रत्यक्ष सम्पर्क बढाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गदैै जसपा नेपाल सधैं उत्पीडित, पिछडिएका र मधेसी समुदायको हक–अधिकारका लागि संघर्षरत रहेकोले यस पटक छातामाा मतदान गर्न आग्रह गर्नु भएको छ ।
जसपा नेपाल रुपन्देही जिल्ला सदस्य बिनय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जसपा नेपाल रुपन्देहीका जिल्ला सदस्य बिजय यादवले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभाागिता रहेको थियो ।

प्रकाशित मिति: २०२६-०२-१४ , समय : २१:०७:२१ , ३ घन्टा अगाडि