नाउपा नेपाल क्षेत्र नं.१ को सम्पर्क कार्यालय धकधईमा उद्घाटन

रुपन्देही खबर , ९५  पटक हेरिएको

धकधई,फागुन ३

नागरिक उन्मुक्ति पार्टी नेपाल क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय धकधईमा एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ। कार्यक्रम रामकुमार कठरिया थारुको अध्यक्षतामा सम्पन्न भएको हो। अध्यक्ष थारुले क्षेत्र नम्बर १ मा पार्टीको संगठन सुदृढ बनाउँदै जनताको हक, अधिकार र पहिचानका मुद्दामा निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उद्घाटन समारोहका प्रमुख अतिथि डा. उमाशंकर चौधरीले नागरिक उन्मुक्ति पार्टीले थारु समुदायसहित उत्पीडित, सीमान्तकृत र पिछडिएका वर्गको आवाजलाई सशक्त रूपमा उठाउँदै आएको बताउनुभयो। उहाँले जनतासँग प्रत्यक्ष सम्पर्क बढाउँदै विकास र न्यायका सवालमा पार्टी अघि बढ्ने धारणा राख्दै क्षेत्र नम्बर १ का उम्मेदवारलाई मतदान गरि जिताउन आग्रह गर्नु भएको छ ।

यस्तै गरि पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामु यादवले सम्पर्क कार्यालयले पार्टी र जनताको दूरी घटाउने उल्लेख गर्दै संगठन विस्तारका लागि सबै नेता–कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

यस्तै गरि केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार किरण गुप्ताले पार्टीको नीति र कार्यक्रम जनमुखी रहेको बताउँदै आगामी दिनमा नागरिक उन्मुक्ति पार्टी बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।उहाले आफ्नो पार्टीलाई मतदान गरि जिताउन आग्रह गर्नु भयो ।

केन्द्रीय सदस्य नरसिंह चौधरीले समावेशी राजनीति र सामाजिक न्याय नागरिक उन्मुक्ति पार्टीको मुख्य एजेन्डा रहेको स्पष्ट पार्नुभयो।
जिल्ला अध्यक्ष विजय बहादुर सिंह चौधरीले रुपन्देही जिल्लामा पार्टी संगठन तीव्र रूपमा विस्तार भइरहेको जानकारी दिँदै क्षेत्र नम्बर १ मा जनसमर्थन बढ्दो क्रममा रहेको बताउनुभयो।

त्यस्तै, समानुपातिक उम्मेदवार राजकिशोर हरिजनले दलित तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न पार्टी प्रतिबद्ध रहेको बताउनु भएको थियो । उहाले आफुले जनताकै लागि काम गर्ने प्रतिबद्धता जनाउदै जातोमा मतदान गर्न आग्रह गर्नु भयो ।
धनराज चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन बिनिता चौधरीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२६-०२-१५ , समय : ०५:३६:३१ , ४ घन्टा अगाडि