रुपन्देही खबर , ११२ पटक हेरिएको
भैरहवा, फागुन ५
नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दका क्रममा भैरहवाको लुम्बिनी गेट नजिक शंकास्पद वस्तु फेला परेको छ। बोराभित्र राखिएको उक्त वस्तुको बाहिर कागजमा ‘नेपाल बन्द सफल पारौं’ लेखिएको देखिएपछि केही समयका लागि सो सडक खण्डमा सवारी आवागमन रोकिएको थियो। सूचना पाएलगत्तै पुगेको नेपाली सेनाको टोलीले डिस्पोज गर्दा क्यान बियरको बोतलभित्र माटो र ढुंगा राखिएको पाइएको छ। सर्वसाधारणलाई त्रसित पार्ने उद्देश्यले यस्तो वस्तु राखिएको रुपन्देही प्रहरीले जनाएको छ।
सो पार्टीले फागुन २१ गते हुने चुनाव बहिष्कारको आह्वान गर्दै नेपाल बन्द गरेको जनाएको छ। बन्दका कारण जिल्लाका शिक्षण संस्था बन्द भएका छन्। सवारी साधन ठप्प छन् भने बजार भने खुलेका छन्।
प्रकाशित मिति: २०२६-०२-१७ , समय : १०:०८:२८ , ४ घन्टा अगाडि