रुपन्देही खबर , ४३ पटक हेरिएको
काठमाण्डाै,फागुन ५
शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ७५ अङ्कले घटेर २ हजार ६ सय ४२ दशमलव १५ विन्दुमा झरेको छ । आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर २ दशमलव ११ प्रतिशतले ओरालो लागेको छ । आज २१४ वटा कम्पनीको शेयर घटेकोमा ४२ वटाको घटेको छ । यस्तै ६ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज सुपर माई हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन सालपा विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ३५४ वटा कम्पनीको २ करोड ५ लाख कित्ता शेयर ८ अर्ब ३६ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रकाशित मिति: २०२६-०२-१७ , समय : १९:५७:१० , ४ घन्टा अगाडि