जनताको सकारात्मक साथले उत्साहित आशुतोष मिश्र, क्षेत्र नं. ४ लाई पर्यटकीय हब बनाउने प्रतिबद्धता

रुपन्देही खबर , ९९  पटक हेरिएको

मर्चवार,फागुन १०

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार आशुतोष मिश्रले क्षेत्र नम्बर ४ का जनताको सकरात्मक सोच पाएको आफुमा नया उर्जा थपिएको बताउनु भएको छ । शनिबार रुपन्देहीको कोटहीमाइ गाउपालिका वडा नम्बर ३ का बिभिन्न वडामा घरदैलो गर्ने क्रममा उहाले जनताको गुनासो संगै जनताले धेरै आशा आफु माथि गरेको बताउनु भएको छ ।

जनता बिकास बाट धेरै टाढा रहेको जनताका गुनासा अनुसार उनीहरुको माग सम्बोधन गर्न सक्ने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले मर्चवारका कृषकहरुले समयमा मलखाद, शिक्षा, स्वास्थ्य लगायत अस्पतालको माग गरेकोले यसलाई आफु बिजयी भए सम्बोधन गर्ने जनाउनु भयो ।
उहाले आफनो प्रतिबद्धतापत्र अनुसार काम गर्ने बताउदै आफनो प्रतिबद्धता पुरा गर्न नसके आगामी दिनमा चुनाव नलडने चेतावनी समेत दिनु भयो ।
उहाले

यस क्षेत्रको पर्यटन विकास गर्न सके आर्थिक लाभ उठाउन सकिने भएको आफु चुनाव जिते क्षेत्र नम्बर ४ लाई पर्यटकीय हबको रुपमा बिकास गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले मर्चवार तथा छपिया क्षेत्रमा ग्रामीण पर्यटनको विकास गर्दै रोजगारीसँग जोड्न आफूले योजना बनाएको बताउनु भयो ।

उहाले वर्षायाममा हिलो र खाल्डाखुल्डीका कारण मर्चवार क्षेत्रमा आवतजावतमा समस्या हुने भएकाले उक्त सडकको स्तरोन्नति अपरिहार्य भएको उहाँको भनाइ छ। यस्तै कैयौँ भित्री सडकहरू स्तरोन्नति हुन बाँकी रहेकाले विकासबाट यो क्षेत्र निकै पछि परेको आफूहरूले महसुस गरेको उहाँले बताउनुभयो।

स्थानीयका गुनासा र सुझावलाई गम्भीरतापूर्वक सुन्दै उम्मेदवार मिश्रले आफू यस क्षेत्रका समस्याबारे जानकार रहेको र दीर्घकालीन समाधानका लागि प्रतिबद्ध रहेको बताउनुभयो। निर्वाचित भए आधारभूत आवश्यकताबाट वञ्चित नागरिकको समस्या समाधानलाई प्राथमिकतामा राखेर परिणाममुखी काम गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २०२६-०२-२२ , समय : ०८:००:४४ , ४ घन्टा अगाडि