विधिको शासन स्थापना गर्न रास्वपा लागिपर्छ : सभापति लामिछाने

रुपन्देही खबर , ७९  पटक हेरिएको

काठमाण्डौ,फागुन १२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्माण व्यवसायीहरुलाई विज्ञप्ति निकालेर प्रतिक्रिया जनाउनुभन्दा विकास निर्माणका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।

आज इटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीले आफ्ना धारणा सार्वजनिक गर्दा केही पक्ष आत्तिएको टिप्पणी गर्दै अब देश विकास निर्माणको बाटोमा अघि बढिसकेको दाबी गर्नुभयो ।

सभापति लामिछानेले निर्माण व्यवसायीहरुलाई दुई–तीन सिफ्टमा, रातदिन काम गर्नेगरी तयारी गर्न आग्रह गर्दै आवश्यक उपकरण पर्याप्त नभए नयाँ उपकरण खरिदको तयारी गर्न सुझाव दिनुभयो ।

साथै उहाँले नेपाली कांग्रेसका सभापति गगन थापालाई पाँच वर्ष प्रतिपक्ष बन्न सुझाव दिनुभएको छ । सभापति लामिछानेले थापालाई कटाक्ष गर्दै सुध्रिन वा बदलिन चाहे पाँच वर्षपछिको विकल्प बन्न सुझाव दिनुभएको हो । उहाँले यो पाँच वर्ष सरकार रास्वपाले चलाउने दाबी समेत गर्नुभयो ।

प्रकाशित मिति: २०२६-०२-२४ , समय : २०:१०:५४ , ४ घन्टा अगाडि