विकासको खाका लिएर घरदैलोः जसपा उम्मेदवार असलम खाँको मतदाता भेटघाट अभियान तीव्र

क्षेत्रबासीको माया र जनसमर्थनले हौसला, सडक, शिक्षा र स्वास्थ्य सुधारमा प्रतिवद्ध

रुपन्देही खबर , ९५  पटक हेरिएको

भैरहवा,फागुन १२

रुपन्देही क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार मोहम्मद असलाम खाँले घरदैलो अभियान तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरिरहनु भएको छ । क्षेत्रबासीको अपार माया र समर्थनले उहालाई अझ हौसला दिएको खानले बताउनु भयो ।

उम्मेदवार खाँले जात, धर्म र व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा माथि उठेर काम गर्न सक्ने क्षमताको विश्वास व्यक्त गर्दै, आफ्नो पार्टी र उठाएका मुद्दा राष्ट्रहित र जनभावनामा आधारित रहेको जनाउनु भयो “विगतका जनप्रतिनिधिले पर्याप्त विकास गर्न नसक्दा क्षेत्र पछाडि परेको छ, यसपटक हामीलाई अवसर दिनुहोस्,” उहाले मतदातालाई आग्रह गर्नु भयो ।

क्षेत्रका सडक, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, किसानका लागि मलखाद आपूर्ति लगायत आधारभूत अभावहरूलाई समाधान गर्ने योजना रहेको उहाले बताउनु भयो “आफूले इमान्दारीपूर्वक जनताको सेवक भएर काम गर्नेछु र बेरोजगारी, गरिबी, अशिक्षा र अन्धविश्वास जस्ता समस्या समाधान गर्नेछु,” उहाले भन्नु भयो ।

रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले पनि उम्मेदवारको योजना स्पष्ट र स्थानीय समस्यामा अनुभवी भएको दाबी गर्दै जनसमर्थन आफ्नो पक्षमा आउने विश्वास व्यक्त गर्नु भएको छ । बाहिर फैलिएका हल्ला सिमित हुने र फागुन २५ भित्र आउने नतिजाले सबै स्पष्ट पार्ने उहाले बताउनु भयो ।

क्षेत्रगत विकास, सुशासन र समृद्धि सुनिश्चित गर्न मतदाताको रोजाइ अब जनता समाजवादी पार्टी, नेपाल तर्फ केन्द्रित हुँदै गएको देखिन्छ ।

प्रकाशित मिति: २०२६-०२-२४ , समय : २१:५२:४० , ४ घन्टा अगाडि