फैज अहमद खानको घरदैलोः खुला सिमाना चुनौती,स्थानीय विकास प्राथमिकता

रुपन्देही खबर , ९१  पटक हेरिएको

भैरहवा, फागुन १७

सिद्धार्थनगर–८– नेकपा रुपन्देही–३ का उम्मेदवार फैज अहमद खाँनले घरदैलो अभियानको क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै नेपाल–भारत खुला सिमानाका अवसर र चुनौतीबारे चर्चा गर्नु भएको छ । उहाले अवैध गतिविधि र चोरी–तस्करी बढ्दै गएपछि स्थानीय व्यवसायी प्रत्यक्ष प्रभावित भएको बताउनु भएको हो ।

खानले आफ्नो अभियानमा मतदातालाई सुनाउनु भयो “हामीले अवैध कारोबार नियन्त्रण गर्दै वैध व्यापारलाई प्रोत्साहन गर्न आवश्यक नीति लागू गर्नुपर्छ। सुरक्षा निकायको समन्वय, प्रविधिको प्रयोग र प्रभावकारी अनुगमन प्रणालीको माध्यमबाट हामी सीमावर्ती क्षेत्रमा व्यवस्थित वातावरण निर्माण गर्न सक्छौं।”

उहाका अनुसार, वर्षौंदेखि स्थानीय व्यवसायीहरूले सीमा व्यवस्थापनको माग गर्दै आएका थिए, तर सुनुवाई पर्याप्त भएको थिएन। अब उहा सीमालाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन आफ्नो योजना अघि बढाउने दाबी गर्नु भएको छ ।

खानले निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी) लाई पूर्ण क्षमतामा सञ्चालन गरी रेल्वे कार्गोसँग जोड्ने योजना प्रस्तुत गर्नु भयो । यसले आयात–निर्यात प्रक्रियालाई सहज बनाउने, ढुवानी लागत घटाउने र स्थानीय उद्योग–व्यवसायमा प्रत्यक्ष टेवा पु¥याउने उहाको विश्वास छ।

उम्मेदवारले दुवै देशबीच कूटनीतिक तहमा पहल गरी संघीय सरकारमार्फत समन्वय बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उहा सीमावर्ती क्षेत्रको विकास, व्यापारमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारलाई आफ्नो मुख्य प्राथमिकता बनाउनु भएको छ ।

खानको घरदैलो अभियानमा स्थानीय मतदाताले पनि सक्रिय सहभागिता जनाएका थिए । उनीहरूले सीमामा अवैध काम रोक्न कडाइ, स्पष्ट नीति र प्रभावकारी निगरानी आवश्यक रहेकोमा आफ्नो समर्थन व्यक्त गरेका छन ।
उम्मेदवारको स्पष्ट योजना र संवादले मतदातामा सकारात्मक प्रभाव पारिरहेको देखिएको छ ।

फैज अहमद खानको अभियानले देखाएको स्पष्टता र स्थानीय समस्यामा निकटता, रुपन्देही–३ का मतदातामाझ उहाको लोकप्रियता बढाउन सहयोग पु¥याएको छ । खुला सिमानासँगै आएका चुनौतीलाई अवसरमा परिणत गर्ने उहाको दृष्टिकोणले आगामी निर्वाचनमा मतदाताको निर्णयमा असर पर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-०३-०१ , समय : १३:३३:०३ , ६ घन्टा अगाडि