घर–घरमा सुशील गुरुङ : रुपन्देही–३ मा कांग्रेसको घरदैलो तीव्र

रुपन्देही खबर , ९५  पटक हेरिएको

भैरहवा,फागुन १७

रुपन्देही क्षेत्र नं. ३ मा चुनावी सरगर्मी चुलिँदै जाँदा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील गुरुङ यतिबेला घरदैलो अभियानमा व्यस्त देखिनु भएको छ । टोल–टोल र घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उहाले आफ्नो एजेण्डा र प्रतिबद्धता प्रस्तुत गरिरहनु भएको छ ।

बिहानैदेखि सुरु हुने अभियान साँझसम्म जारी रहन्छ। ज्येष्ठ नागरिकको आशीर्वाद, युवाको उत्साह र महिलाको सक्रिय सहभागिताले अभियानलाई थप ऊर्जा दिएको उहाका समर्थकहरू बताउँछन्। गुरुङले भेटघाटका क्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि आधुनिकीकरण र सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्ने बताउनु भएको छ ।

“राजनीति केवल चुनाव जित्नका लागि होइन, जनताको विश्वास जित्नका लागि हो,” उहाले घरदैलोका क्रममा भन्नु भयो । “तपाईंहरूको सुझाव र समस्यालाई संसदसम्म पुर्‍याउने जिम्मेवारी मेरो हुनेछ।”

स्थानीयवासीहरूले क्षेत्रको विकासमा दीर्घकालीन योजना र पारदर्शी नेतृत्वको अपेक्षा राखेका छन्। खुला संवादको शैली अपनाउँदै गुरुङले प्रत्येक गुनासो ध्यानपूर्वक सुन्दै समाधानको प्रतिबद्धता व्यक्त गरेका छन्।
रुपन्देही–३ मा यसपटक चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ। घरदैलोमार्फत प्रत्यक्ष जनसम्पर्कमा केन्द्रित उम्मेदवारहरूबीच मतदाता आफ्नो रोजाइ स्पष्ट पार्न व्यस्त देखिन्छन्।

प्रकाशित मिति: २०२६-०३-०१ , समय : १३:४०:१० , ६ घन्टा अगाडि