झिनक राज हरिजन एमाले प्रवेश

मर्चवारमा सूर्यको पक्षमा मोटरसाइकल र्‍यालीसहित शक्ति प्रदर्शन

रुपन्देही खबर , १०७  पटक हेरिएको

मर्चवार,फागुन १७

रुपन्देही क्षेत्र नम्बर ४ मा एमालेको पक्षमा जनलहर बढ्दै गएपछि नेपाल संघीय समाजवादी पाटिको तर्फबाट समानुुपातिक उम्मेदवार रहेका झिनक राज हरिजन एमाले प्रवेश गर्नु भएको छ ।
मर्चवारमा आयोजित एक कार्यक्रमकाबीच पाटिका केन्द्रिय सचिव छबिलाल विश्वकर्माले हरिजनलाई माला लगाएर पाटि प्रवेश गराउनु भएको हो ।

पाटि प्रवेश पछि हरिजनले भन्नु भयो , ‘विकासकोलागि एमाले आवश्यक भएको निश्कर्ष निकालेर पार्टि प्रवेश गर्ने निर्णय गरेको हुुँ । ’

सो अवसरमा एमालेका केन्द्रिय सचिव विश्वकर्माले विकास र समृद्धिको बाहक एमालेको मर्चवारमा विजयी सुुनिश्चिता बढ्दै गएको बताए । उनले भने, ‘मर्चवारको सामाजिक र भौतिक विकासकोलागि फागुुन २१ को चुनाबमा मर्चवारबासिले सुुर्य चिन्हमा मतदान गर्नेछन् । ’

पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीको नेतृत्वमा रहेको नेपाल संघीय समाजवादी पार्टीको तर्फबाट रुपन्देहीको मर्चवारमा हरिजन उम्मेदवार रहनु भएको थियो ।

हरिजनलाई पाटि प्रवेश गराउने उक्त कार्यक्रममा एमाले पुर्व केन्द्रिय सदस्य एकराज विश्वकर्मा, जिल्ला अध्यक्ष यज्ञ गैरे, जिल्ला उपाध्यक्ष हितराज पन्थि, उपसचिव सुनिता ठटेर, पाटिका तर्फबाट रुपन्देही ४ मा उम्मेदवार रहेका प्रमोद कुुमार यादव, बब्लुु शुुक्ला, सनोज कुुमार यादव लगायतको सहभागिता रहेको थियो ।

हरिजनलाई पाटि प्रवेश गराएपछि मायादेविको मकरीदेखि समरीसम्म हजारौ मोटरसाईकलको सहभागितामा चुुनाबी सन्देश रयाली निकालिएको थियो ।

उक्त रयाली मकरीदेखि, तुनिहवा, मझगाव, कोटही मन्दिर , मर्चवारी मन्दिर , बगौलि, करौता , थुुमहवा, रोहिनिहवा, असुरऐना, दुुईमुुहान, अमवा, पिप्रहवा हुुदै करौता सम्म पुुगेको हो । चुुनाबी सन्देश रयालीमा युवाहरुको उल्लेख्खय सहभागिता रहेको थियो । उक्त सन्देश रैलीले मर्चवारका जनतालाई निर्वाचनप्रति थप सकारात्मक बनाएको एमाले पाटिका तर्फबाट उम्मेदवार रहेका प्रमोद कुुमार यादवले बताए । उनले भने, ‘स्वतस्फूर्त रुपमा युवाहरु सहभागि भई चुुनाबी सन्देश रैलिमा सहभागि भएका छन् । यसले मर्चवार क्षेत्रमा चुनाबलाई शान्तिपुर्ण रुपमा सफल पार्न सहयोग गर्नेछ । ’

प्रकाशित मिति: २०२६-०३-०१ , समय : १५:०३:४६ , ५ घन्टा अगाडि