रुपन्देही खबर , ९६ पटक हेरिएको
देवदह, फागुन १७
प्रतिनिधि सभा निर्वाचनको माहोल तात्दै गएसँगै युवा नेता प्रज्जवल बोहराको पक्षमा जनसहभागिता बढ्दै गएको छ । यसै क्रममा विभिन्न पार्टी परित्याग गर्दै ६५ जना स्थानीय नेता तथा कार्यकर्ताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।

उक्त कार्यक्रममा सहभागीहरूले देशको भविष्य र संरक्षणमा आफ्नो मतदानको महत्त्वपूर्ण योगदान रहेको बताउँदै, “देश बनाउन र बचाउन एक भोट राष्ट्रका लागि, एक भोट सनातन शास्त्रका लागि” भन्ने भाव व्यक्त गरेका छन ।
स्थानीयहरूले प्रज्जवल बोहराको नेतृत्वमा रुपन्देही–देवदहको समृद्धि र विकासको आशा व्यक्त गरेका छन् । प्रवेश कार्यक्रमले क्षेत्रीय राजनीति मात्रै नभई पार्टीहरूको स्थायित्व र युवा नेतृत्वको उदयमा पनि महत्वपूर्ण संकेत दिएको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्। प्रज्जवल बोहराले सहभागीहरूलाई धन्यवाद दिँदै, जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
प्रकाशित मिति: २०२६-०३-०१ , समय : २१:०८:५५ , ३ घन्टा अगाडि