रुपन्देही खबर , ६९ पटक हेरिएको
सुनवल,फागुन १७
सुनवल,फागुन १७
प
नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार भिम बहादुर थापाले क्षेत्र नम्बर २ का मतदातासँगको घरदैलो कार्यक्रममा आफू निर्वाचित भएपश्चातको ५ वर्षका लागि स्पष्ट विकास खाका प्रस्तुत गर्नु भएको छ ।
थापाले २०७४ मा सुनवल नगरपालिकाका मेयर हुँदा सम्पन्न पूर्वाधार विकास, सरसफाइ सुधार, सडक विस्तार र सार्वजनिक सेवामा ल्याइएको सुधारलाई स्मरण गर्दै, अब शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र भौतिक पूर्वाधार विस्तारमा विशेष जोड दिने बताउनु भयो ।
उहाँले “बोल्नेभन्दा काम गरेर देखाउने” नीतिमा अघि बढ्दै कांग्रेसको अभियानलाई अघि बढाइरहेको पनि उल्लेख गर्नुभयो। पार्टीका नेता–कार्यकर्ता एकजुट भएर सक्रियताका साथ अभियानमा लागेका छन्। क्षेत्र नम्बर २ मा प्रतिस्पर्धा रोचक हुने देखिए पनि कांग्रेस समर्थकहरूले जित सुनिश्चित हुने विश्वास व्यक्त गर्दै उत्साहका साथ अभियानमा जुटिरहेका छन्।
प्रकाशित मिति: २०२६-०३-०१ , समय : २१:५८:२४ , ४ घन्टा अगाडि