रुपन्देही खबर , ८० पटक हेरिएको
भैरहवा, फागुन १८
जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति, रुपन्देहीले आज पत्रकार सम्मेलन गर्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष रबि कुमार रौनियारले रुपन्देही क्षेत्र नम्बर ३ बाट सिफारिस गरिएका उम्मेदवार श्रीनिवास यादवले पार्टीको सिद्धान्त र निर्णय विपरीत गतिविधि गरेको स्पष्ट पार्नु भएकोमा छ। उहाले व्यक्तिगत रूपमा अन्य दलका उम्मेदवारलाई समर्थन जनाउँदै विज्ञप्ति जारी गरेको विषयप्रति गम्भीर आपत्ति जनाउँदै पार्टीले उक्त कदमलाई निन्दनीय भएको जनाएको छ।
नेतृत्वले कुनै व्यक्तिको व्यक्तिगत निर्णयलाई पार्टीको आधिकारिक निर्णयका रूपमा नबुझ्न सञ्चारकर्मी तथा आम जनसमुदायलाई आग्रह गरेको छ। साथै, रुपन्देही जिल्लामा कुनै पनि राजनीतिक दलसँग समर्थन वा तालमेल नगरेको स्पष्ट घोषणा गरिएको छ।
आगामी २०८२ फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई एकताबद्ध राख्दै समानुपातिक तथा प्रत्यक्ष दुबै निर्वाचन प्रणाली अन्तर्गत चुनाव चिन्ह “छाता” मा मतदान गर्न कार्यकर्ता तथा शुभचिन्तकहरूलाई आह्वान गरिएको छ।
पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष सियाराम यादव र रवि कुमार रौनियार लगायत जिल्ला कार्यसमितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२६-०३-०२ , समय : २३:३७:१६ , ४ घन्टा अगाडि