राजेन्द्र महतो नेतृत्वको पार्टीका पूर्व जिल्ला उपाध्यक्षसहित दर्जनौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश

रुपन्देही खबर , १४  पटक हेरिएको

भैरहवा, फागुन १८

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, नेपाल रुपन्देहीका पूर्व जिल्ला उपाध्यक्षसहित दर्जनौं नेता–कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । राप्रपामा प्रवेश गर्नेमा राष्ट्रिय मुक्तिका पूर्व जिल्ला उपाध्यक्ष दिनेशमणि मिश्रा, नेपाली काँग्रेस का पूर्व क्षेत्रीय उपसभापति श्रीराम गुप्ता, नेपाल लोकतान्त्रिक पार्टी का केन्द्रीय सदस्य मोहम्मद इसहाक मुसलमान, तथा काँग्रेसका पूर्व क्षेत्रीय सदस्य बसन्ती देवी गुप्तासहितका नेता–कार्यकर्ता रहेका छन् ।

नवप्रवेशी नेता–कार्यकर्तालाई राप्रपा रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार वरिष्ठ क्याप्टेन गौरव बोहरा, पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार स्वाती थापा र युवा नेता अजय कुमार गुप्ताले स्वागत गर्नुभएको थियो ।

यसअघि आइतबार प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) की समानुपातिक उम्मेदवार विमला देवी वि.क. र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा नम्बर ३ का सभापति राजकुमार श्रेष्ठ पनि राप्रपामा प्रवेश गर्नुभएको थियो ।

विभिन्न दलका प्रभावशाली व्यक्तित्वहरूको आगमनले आगामी निर्वाचनमा राप्रपाको संगठनात्मक अवस्था अझ मजबुत हुने विश्वास लिइएको राप्रपाका युवा नेता अजय कुमार गुप्ताले बताउनुभयो ।

प्रकाशित मिति: २०२६-०३-०३ , समय : ०८:१०:३२ , ३ घन्टा अगाडि