देवदहमा सवारी दुर्घटना : एकजनाको मृत्यु, एक घाइते

रुपन्देही खबर , ७७  पटक हेरिएको

देवदह, फागुन १९

रुपन्देहीको देवदहमा गएराती भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा सुनिल पाण्डे (२८) रहेको देवदह–७ निवासी रहेको प्रहरीले जनाएको छ। देवदह प्रहरी चौकीका इन्चार्ज भिमसेन विष्टका अनुसार बुटवलबाट काठमाडौं जाँदै गरेको लु प्र ०१–००१ ख ०८१६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९२ प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ घोडाहा काँटा चोकमा ठक्कर दिएको थियो।

राती करिब १०:३० बजे भएको उक्त दुर्घटनामा परी देवदह–५ निवासी २८ वर्षीय कृष्ण पाईजा घाइते भएका छन्। दुर्घटनापछि तत्काल उद्धार गरी दुवैजनालाई भलुहीस्थित देवदह मेडिकल कलेजमा पुर्‍याइएको थियो। उपचारकै क्रममा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ भने घाइते पाईजाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: २०२६-०३-०३ , समय : ०८:१५:५७ , ३ घन्टा अगाडि