नवलपरासीमा ३८ प्रतिशत मत खस्याे

Parasi Patra , ८५  पटक हेरिएको

नवलपरासी, फागुन २१

प्रतिनिधि सभा निर्वाचन अन्तरगत नवलपरासीमा भएकाे मतदानमा अहिलेसम्म ३८ दशमलब ३६ प्रतिशत मत खसेकाे छ । दिउँसाे २. ३० बजेसम्म निर्वाचन क्षेत्र नम्बर १ मा ३१ दशमलब ३ र क्षेत्र नम्बर २ मा ४५ प्रतिशत मत खसेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

जिल्लामा कुल २ लाख ५४ हजार १५७ मतदाता छन् । सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेकाे जिल्ला सुरक्षा समितिले जनाएकाे छ । मतदान ५ बजेसम्म हुनेछ ।

प्रकाशित मिति: २०२६-०३-०५ , समय : १६:०३:०८ , ४ घन्टा अगाडि