दिउँसाे ३ बजेसम्म ३९ प्रतिशत मत खस्याे

रुपन्देही खबर , १०२  पटक हेरिएको

भैरहवा, फागुन २१

प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत मतदान शुरू भएकाे ८ घण्टामा ३९ प्रतिशत मतदान भएकाे छ । बिहान ७ बजेदेखि दिउँसाे ३ बजेसम्म ७४ लाख १४ हजार १०१ मत खसेको हो । यसपालि १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन् ।

अहिले देशभर उत्साहपूर्ण रूपमा मतदान चलिरहेकाे आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०३-०५ , समय : १६:१२:११ , ४ घन्टा अगाडि