रुपन्देही–३ मा रास्वपा अगाडि, २ हजार ७ सय ८६ मत गणना

रुपन्देही खबर , १४९  पटक हेरिएको

भैरहवा,फागुन २२

रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य पदतर्फ मतगणना जारी रहेको छ। यो समाचार तयार पार्दा सम्म हालसम्म २ हजार ७ सय ८६ मत गणना भएको छ। जसमध्ये २ हजार ६ सय ६७ मत सदर भएका छन् भने १ सय १९ मत बदर भएका छन्।
हालसम्मको परिणामअनुसार चुनाव चिन्ह घण्टीले १ हजार ७ सय ९० मत प्राप्त गर्दै अग्रता लिएको छ। त्यस्तै रूखले २ सय ५० मत, हलोले २ सय ४८ मत र सूर्यले १ सय ९२ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०२६-०३-०६ , समय : ०७:३१:०५ , ३ घन्टा अगाडि