नवलपरासीमा मतगणनाको तयारी,सर्वपक्षीय बैठकपछि गणना सुरु हुने

रुपन्देही खबर , १३८  पटक हेरिएको

नवलपरासी,फागुन २२

नवलपरासीमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतगणनाको तयारी सुरु भएको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा अहिले सर्वपक्षीय बैठकको तयारी भइरहेको छ । केही समयमै बैठक सुरु हुने र त्यसलगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत प्रेम नारायण पराजुलीका अनुसार करिब १० बजे भित्र मतगणना सुरु गरिने तयारी गरिएको छ।
निर्वाचन क्षेत्र नम्बर १ को मतगणना बर्दघाटस्थित बाढीपीडित क्षेत्रको पुरानो नगरपालिकाको कार्यालयमा हुने छ भने निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जिल्ला समन्वय समिति परासीमा हुने जनाइएको छ।
यसैबीच, नवलपरासीमा कुल ६७.८ प्रतिशत मतदान भएको छ। जिल्लामा रहेका २ लाख ५४ हजार १५७ मतदातामध्ये १ लाख ७२ हजार ३१४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०२६-०३-०६ , समय : ०८:१९:०४ , ३ घन्टा अगाडि