रुपन्देही–४ मा रास्वपाका कन्हैया बनिया विजयी

रुपन्देही खबर , १५१  पटक हेरिएको

मर्चवार,फागुन २३

रुपन्देही निर्वाचन क्षेत्र नं. ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कन्हैया बनिया विजयी हुनुभएको छ। उहाँले निकटतम प्रतिस्पर्धीलाई ७ हजार ८ सय ४ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो।

निर्वाचन अधिकृत टोप बहादुर विष्टका अनुसार विजयी बनियाले २८ हजार ६६ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार प्रमोद कुमार यादवले २० हजार २ सय ६२ मत प्राप्त गर्नुभएको थियो।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६ सय १३ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।

रुपन्देही निर्वाचन क्षेत्र नं. ४ मा कुल १ लाख १६ हजार १ सय ७२ मतदाता रहेका थिए। तीमध्ये फागुन २१ गते सम्पन्न मतदानमा ७७ हजार ३ सय ९३ जनाले मतदान गरेका थिए, जुन करिब ६६ प्रतिशतभन्दा बढी मतदान हो ।

यस क्षेत्रमा रहेका ४८ मतदान स्थलका १३३ मतदान केन्द्रबाट संकलित मतपेटिका कोटहीमाई गाउँपालिका–५, मझगावाँस्थित निर्वाचन कार्यालयमा ल्याई मतगणना गरिएको थियो। मतगणना बिहीबार राति १ बजेबाट सुरु भई शनिबार बिहान ५ बजेसम्म सम्पन्न भएको निर्वाचन अधिकृत विष्टले जानकारी दिनुभयो।

प्रकाशित मिति: २०२६-०३-०७ , समय : ०५:५९:०९ , ५ घन्टा अगाडि