रुपन्देही खबर , ७२ पटक हेरिएको
काठमाण्डौ,चैत २४
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले अनिवार्य रुपमा आफूसँग थप कागजात राख्नुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले विज्ञप्ति निकालेर आउँदो चैत २९ गतेदेखि हवाई टिकट र टिकटको बिल र म्यानपावर कम्पनीमार्फत जाने भए बुझाएको सेवा शुल्क बापतको आधिकारिक रसिद राख्न अनुरोध गरेको हो ।
सबै इजाजतपत्र प्राप्त संस्थाले वैदेशिक रोजगारीको सम्बन्धमा श्रमिकबाट प्राप्त गरेको सेवा शुल्कवापतको भौचर/रसिद/भरपाइ अनिवार्य रुपमा श्रमिकलाई उपलब्ध गराउन समेत विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०२६-०४-०७ , समय : ०९:१९:४३ , ३ घन्टा अगाडि