एजेन्सी , ७७ पटक हेरिएको
फाइल तस्वीर
काठमाण्डाै,चैत २७
इजरायल–अमेरिका तथा इरानबीचको युद्धका कारण मध्यपूर्वमा अहिलेसम्म २८ जना नेपाली घाइते भएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई), इराक र ओमानमा गरेर २८ जना घाइते भएका र तीमध्ये २७ जना उपचारपछि डिस्चार्ज भएका परराष्ट्र मन्त्रालयले जनाएको छ । एक जनाको हातमा चोट लागेकाले उपचारकै क्रममा रहेका आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।
मार्च २ तारिखमा इजरायली ड्रोन आक्रमणमा परी यूएईमा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको थियो । यस्तै मन्त्रालयले मध्यपूर्वका देशमा रहेका विमानस्थलहरूमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेका जनाएको छ । स्वदेश फर्कन चाहने नेपालीहरूका लागि सरकारले हवाई उडान व्यवस्था मिलाएको प्रवक्ता क्षत्रीले दाबी गर्नुभयो ।
प्रकाशित मिति: २०२६-०४-१० , समय : २२:२४:०६ , ३ घन्टा अगाडि