रुपन्देही खबर , ५५ पटक हेरिएको
काठमाडौं, बैशाख ३०
प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त हुनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा अधिकारीलाई नियुक्त गर्नु भएको हो । सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम अधिकारीलाई प्रतिनिधिसभा सचिवमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनु भएको छ ।
यसअघि सभामुखको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई पदबाट हटाउनु भएको थियो । राई पदमुक्त भएपछि सचिवमा अधिकारी नियुक्त हुनु भएको हो ।
प्रकाशित मिति: २०२६-०५-१३ , समय : १७:२९:२० , २ घन्टा अगाडि