मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ सांसद

रुपन्देही खबर , ६६  पटक हेरिएको

फाइल तस्वीर

भैरहवा, भदौ १

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले प्रस्तुत गर्नुभएकाे विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।

उहाँलाई नेकपा एमालेका २९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ११, जनता समाजवादी पार्टी (जसपा) नेपालका ४, राष्ट्रिय जनमोर्चाका १ प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् । ४ सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बसेको छ ।

प्रदेशसभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । गएको साउन १२ गते नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका आचार्यले नेकपासहितका ३ दललाई सरकारमा सहभागी गराएर ४ दलको विश्वासको मत प्राप्त गर्नुभएको हो ।

प्रकाशित मिति: २०२६-०८-१७ , समय : १९:२१:३२ , २ घन्टा अगाडि