रुपन्देही खबर , ३४ पटक हेरिएको
भदौ २३
नेपाल राष्ट्र बैंङ्कले आज सार्वजनिक बिदाका दिन पनि बैंङ्क तथा वित्तीय संस्थाका अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।राष्ट्र बैंङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले आज ‘काउन्टर/बैङ्किङ सेवा’ सञ्चालन गर्न निर्देशन दिएको हो । विभागले सूचना निकालेर आज ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्र प्राप्त बैंङ्क तथा वित्तीय संस्थालाई अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न भनेको छ ।
रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भदौ १० गतेको प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत वितरण, आर्थिक परिचालन तथा उद्धार कार्यमा सघाउ पुर्याउने उदेश्यका लागि राष्ट्र बैंङ्कले ‘काउन्टर/बैङ्किङ सेवा’ सञ्चालन गर्ने निर्णय गरेकाले त्यही अनुसार नियमित सञ्चालन गर्न विभागले निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्को भदौ १८ गतेको निर्णयअनुसार आज नवयुवा आन्दोलनको स्मरणमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
प्रकाशित मिति: २०२६-०९-०८ , समय : ०९:५६:३३ , २ घन्टा अगाडि