रुपन्देही खबर , ८१ पटक हेरिएको
भैरहवा, असोज ८
अग्रगामी मोर्चा रुपन्देहीको बैठकले मोर्चाको संगठनलाई जिल्ला हुँदै प्रदेश र वडा तहसम्म विस्तार गर्ने तथा प्रदेशस्तरीय संयुक्त भेला आयोजना गर्ने विषयमा छलफल गरेको छ।
जनता समाजवादी पार्टी नेपाल, रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवको अध्यक्षता तथा जनमत पार्टीका प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा केन्द्रबाट तय गरिएको कार्यदिशाअनुसार प्रदेशस्तरीय संयुक्त भेला यथाशीघ्र आयोजना गर्ने विषयमा छलफल भएको हो।
बैठकमा नागरिक उन्मुक्ति पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य रामु यादव, केन्द्रीय सदस्य किरण गुप्ता, जिल्ला अध्यक्ष विजयबहादुर सिंह चौधरी, जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य विद्या यादव र अजय वर्मा तथा जनमत पार्टीका केन्द्रीय सदस्य प्रमोद रावतलगायतको सहभागिता रहेको थियो।
बैठकमा मोर्चालाई जिल्ला तहदेखि प्रदेश हुँदै वडा तहसम्म सक्रिय र प्रभावकारी बनाउने तथा संगठनात्मक गतिविधिलाई थप विस्तार गर्ने विषयमा सहभागी नेताहरूले धारणा राखेका थिए।
केन्द्रबाट तय गरिएको कार्यदिशालाई स्थानीय तहसम्म कार्यान्वयन गर्दै संयुक्त मोर्चाका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने र आगामी कार्ययोजना तयार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
प्रकाशित मिति: २०२६-०९-२४ , समय : १२:३६:२३ , २ घन्टा अगाडि