पक्लिहवा क्याम्पसका विद्यार्थीले छाडा कुकुरलाई लगाए रेबिज खोप

रुपन्देही खबर , ४०  पटक हेरिएको

भैरहवा, असोज ९ 


नेपाल तराई विद्यार्थी समिति, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा क्याम्पस रुपन्देहीले आउँदै गरेको रेबिजविरुद्धको खोप सप्ताहलाई लक्षित गर्दै सडकमा रहेका छाडा कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको छ।

समितिले बिहीबार सञ्चालन गरेको कार्यक्रममा सडकमा रहेका छाडा कुकुरलाई ५० युनिट रेबिजविरुद्धको खोप लगाइएको कार्यक्रम संयोजक उज्जवल रायले बताउनुभयो। रेबिज रोगको जोखिम न्यूनीकरण तथा पशु स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।

कार्यक्रम संयोजक रायका अनुसार समितिले आगामी दिनमा पनि पशु स्वास्थ्य तथा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रमलाई निरन्तरता दिनेछ। उहाँले जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम, पशुपालनसम्बन्धी कार्यक्रम र कृषि उद्यमशीलता प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समितिले विद्यार्थीको सहभागितामार्फत पशु स्वास्थ्य, कृषि तथा पशुपालनका विषयमा समुदायस्तरमा सचेतना फैलाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति: २०२६-०९-२५ , समय : २०:४१:५२ , २ घन्टा अगाडि