अवैध लागूऔषध सहित ६ जना पक्राउ

रुपन्देही खबर , ६१  पटक हेरिएको

काठमाडौं, असोज १४

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ग्राम सहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय रोजन सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मुलपानीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी छिन्नमस्ता गाउँपालिका-४ बस्ने ३२ वर्षीय कृष्ण कुमार यादव र
२१ वर्षीय देबेन्द्र यादव रहेका छन् । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००७ ख १४५३ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सप्तरी, सप्तकोशी नगरपालिका-२ बाट अवैध लागूऔषध गाँजा करिब ९ किलो २ सय ७५ ग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनरूप नगरपालिका-८ बस्ने २८ वर्षीय शिव नारायण यादव, महादेवा गाउँपालिका-३
बस्ने २३ वर्षीय ललित कुमार यादव र सप्तकोशी नगरपालिका-१० बस्ने ४८ वर्षीय उपेन्द्र यादव रहेका छन् । प्रहरी चौकी फत्तेपुर समेतबाट खटिएको प्रहरीले फत्तेपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको प्र.३-०२-००८प ७०४८ नम्बरको मोटरसाइलमा सवार उनीहरूलाई उक्त गाँजा
सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२६-०९-३० , समय : २१:००:५९ , २ घन्टा अगाडि