नवलपरासी–२ मा कांग्रेस निर्वाचन बिहीबार, दुई प्यानलबीच प्रतिस्पर्धा

रुपन्देही खबर , ३०  पटक हेरिएको

परासी, असोज १४ 


नेपाली कांग्रेसको अधिवेशनअन्तर्गत नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा आज (बुधबार) हुने भनिएको निर्वाचन स्थगित भएको छ। निर्वाचन अब बिहीबार, असोज १५ गते हुने भएको छ।

प्राविधिक कारणवश निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत लक्ष्मण यादवद्वारा जारी सूचनामा उल्लेख छ। सूचनाअनुसार निर्वाचन बिहीबार बिहान १० बजेदेखि परासी क्याम्पसमा हुनेछ।

क्षेत्र नम्बर २ मा दुई प्यानल बनाएर चुनावी प्रतिस्पर्धा हुने भएको छ। यस क्षेत्रमा १ हजार १६ जना मतदाता रहेका छन्। यसैबीच, नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ को अधिवेशनअन्तर्गत निर्वाचन भने सम्पन्न भइसकेको छ।

प्रकाशित मिति: २०२६-०९-३० , समय : २२:०६:२६ , २ घन्टा अगाडि