रुपन्देही खबर , ६ पटक हेरिएको
नवलपरासी,असोज १६
नेपाली कांग्रेस नवलपरासी क्षैत्र नं. २ काे प्रदेशसभा क काे सभापतिमा जयराम बस्याल निर्वाचित हुनुभएकाे छ । सभापतिका अर्का उम्मेद्वार पेउनारायण न्याैपाने(प्रेम) लाई ३१ मतले पछि पार्दै बस्याल निर्वाचित हुनुभएकाे हाे । बस्यालले २ सय ६४ मत पाउँदा न्याैपानेले २ सय ३३ मत पाएर पराजित हुनुभएकाे हाे ।
त्यसैगरी सचिव पदमा ओमप्रकाश बाह्रघरे ९४ मत बढी पाएर निर्वाचित हुनुभयाे । बाह्रघरेले २ सय ८७ मत पाउँदा प्रतिस्पर्धी रामचन्द्र सापकाेटाले १ सय ९३ मत ल्याएर पराजित हुनुभयाे ।
खुलातर्फकाे सहसचिवमा ८३ मत बढी पाएर बालकृष्ण पाण्डे निर्वाचित हुनुभयाे । पाण्डेले २ सय ८४ मत पाउँदा प्रतिस्पर्धी नुमा खरेलले २ सय १ मत पाएर पराजित हुनुभयाे । सहसचिव महिलामा उमा चाधरी र उपसभापतिमा पदमप्रसाद काफ्ले यसअघि नै सर्वसम्मत हुनुभएकाे छ । कार्यसमितिका अन्य सदस्य पदसमेत सर्वसम्मत भईसकेकाे छ ।
प्रकाशित मिति: २०२६-१०-०२ , समय : २२:२८:४५ , २ घन्टा अगाडि