मानवअधिकार एलायन्स रुपन्देहीको अध्यक्षमा माधव सापकोटा निर्वाचित

रुपन्देही खबर , २०५  पटक हेरिएको

बुटवल, पुस २७

मानवअधिकार एलायन्स रुपन्देहीको अध्यक्षमा माधव प्रसाद सापकोटा सर्वसम्मत् रुपमा निर्वाचित हुनुभएको छ । एलायन्सको विहिबार सम्पन्न जिल्ला भेलाले सापकोटाको नेतृत्वमा ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत् रुपमा निर्वाचित गरेको हो ।

समितीको उपाध्यक्षमा शुशिला पोखरेल, सचिवमा विष्णु घिमिरे र कोषाध्यक्षमा रिता भट्टराई रहनुभएको छ । त्यस्तै सदस्यहरुमा मेनुका न्यौपाने पाण्डे, गिरीराज रेग्मी, प्रविण कुमार उपाध्याय, मनु खड्का र चन्द्रमा पौडेल रहनुभएको छ ।

निर्वाचित समितिलाई पदस्थापन गराउंदै नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केशीले एलायन्स न्यायको पहुंचमा नपुगेका र अन्यायमा परेका समुदायको आवाज बन्नुपर्ने बताउनुभयो । अध्यक्ष केशीले एलायन्स नेकपा एमालेको विभागिय संगठन जस्तै रहेपनि राजनितिक आग्रह र पूर्वाग्रहमा नरही निष्पक्ष रुपमा मानवअधिकार उलंघनका घटनाका विरुद्धमा आवाज उठाउनुपर्ने बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष माधव प्रसाद सापकोटाले एलायन्सलाई नयां उचाईमा पुर्‍याउने गरि योजनावद्ध रुपमा कार्ययोजना बनाएर अगाडी बढ्ने बताउनुभयो । कमला गहतराजको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्टिय मानवअधिकार तथा सामाजिक न्याय मंच नेपालका उपाध्यक्ष सुमित्रा शर्मा, एलाईन्सका निवर्तमान अध्यक्ष दामोदर घिमिरे, नेकपा एमाले रुपन्देहीका सचिवालय सदस्य यम पाण्डे लगायतले निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति: २०२४-०१-१२ , समय : ०६:०२:२७ , ३ महिना अगाडि