रुपन्देहीको मणिग्राममा निःशुल्क मधुमेह परीक्षण शिविर

रुपन्देही खबर , २३७  पटक हेरिएको

भैरहवा, पुस २७

लायन्स क्लब अफ तिलोत्तमा स्टार्सको आयोजनामा शुक्रबार देखि तिलोत्तमाको मणिग्राम चोकमा निःशुल्क मधुमेह परीक्षण शिविर सुरु भएको छ । लायन्सका संस्थापक मेल्भिन जोन्सको १४५ औं जन्मोत्सवको अवसर पारेर शिविर सञ्चालन गरिएको लायन्स तिलोत्तमा स्टार्सका मेम्बरसीप ग्रोथचियर प्रसन मधुसुदन गैरेले बताउनु भएको छ । कार्यक्रम संयोजक मिना बस्याल खरेलले आफ्नो शुभकामना मन्तव्य दिदै शुक्रबार र शनिवार पनि कार्यक्रम निरन्तर सञ्चालन हुने जानकारी दिनु भएको छ ।

लायन्स इन्टरनेसनल फाउन्डेसनको सहयोग तथा तिलोत्तमा हाइ टेक ल्याबको प्राबिधिक सहयोगमा शिविर सञ्चालन हुदै आएको क्लबकि सस्थापक अध्यक्ष लक्ष्मी थापाले जानकारी दिनु भएको छ । शिविरको समुदघाटन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका जोन चेयरपर्सन लायन गोविन्द प्रसाद गिरी प्रमुख अथितिले पछिल्लो समय मधुमेहका बिरामी बढ्दै गएकोले जसरी भिजनको छेत्रमा एक शताब्दी लायन्सले लगानी गरेको र अबको दिनमा मधुमेहले बिकराल तथा भयाबक अवस्था ल्याउन सक्ने अबस्थामा लाई मध्यनजर गर्दै ग्रामीण क्षेत्रमा पनि पुगेर जनचेतनामूलक कार्यक्रम गरिने बताउनु भएको छ । क्लबका एक्स्टेन्सन चेअर पर्सन समेत रहनु भएको प्रमुख अतिथी गिरिले क्लब स्थापना पश्चात सहयोगी हातहरु फैलिएका दिन दुखीको सहयोगमा क्लब खटिदा खुसी व्यक्त गर्दै उहाले क्लबले गर्ने कार्यक्रममा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

शिविरको उद्घाटन कार्यक्रममा तिलोत्तमा हाइ टेक ल्याबका संचालक प्रबिन साह ,लायन्स क्लब अफ सन स्टार्सका अध्यक्ष लक्ष्मण पन्थ,तिलोत्तमा स्टार्स क्लबकि प्रथम उपाध्यक्ष लायन बिना पौडेल क्षेत्री, सदस्य दिपा पान्डे गौतम ,रत्ना रिजाल,पितामबर खनाल लगायतको उपस्थिती रहेको थियो ।
लायन्स क्लब अफ तिलोत्तमा स्टार्सको सस्थापक अध्यक्ष लक्ष्मी थापाको अध्यक्षता,मिना बस्याल खरेलको स्वागत तथा रमेस पराजुलिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसै बर्ष स्थापना भयको एरिया–५ मा रहेको लायन्स क्लब अफ तिलोत्तमा स्टार्सले सक्रिय रुपमा सामाजिक छेत्रमा विभिन्न कार्यहरु गर्दै आइ रहेको छ।अन्तराष्ट्रिय सामाजिक क्षेत्रमा अग्रसर लायन्स क्लबका जन्मदाता मेलबिन जोन्स जन्मोत्सवको सप्ताहब्यापी कार्यक्रम अन्तरगत उक्त कार्यक्रम गरेको हो ।

प्रकाशित मिति: २०२४-०१-१२ , समय : १८:४९:३१ , ८ महिना अगाडि