छोराको हत्या गरेर फरार रहेका बाबू पक्राउ

रुपन्देही खबर , २२८  पटक हेरिएको

कर्णाली,माघ ४

गत सोमबार पश्चिम सुर्खेतको बाबियाचौरमा आफ्नै छोराको हत्या गरेर फरार रहेका बाबु पक्राउ परेका छन । बाबुले आफ्नै बहिनीको बलात्कार गरेको भन्दै आफू विरुद्व छोराले प्रहरीमा जाहेरी दिएपछि गत सोमबार छोराको हत्या गरी फरार रहेका बाबु पक्राउ परेका हुन ।

फरार रहेका बुढालाई कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएका वरिष्ठ सई नारायण शर्मा र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएका सादा पोसाकका प्रहरी टिकाराम आचार्य तथा नविन योगीको टोलीले बिहीबार कैलालीको लम्कीपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बुढाले छोराको हत्या गरेको स्वीकार गरेका छन । टिकापुरबाट पक्राउ परेका बुढालाई आजै जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याई थप अनुसन्धान प्रक्रिया अघि बढाईने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०१-१८ , समय : १३:४५:१२ , ३ महिना अगाडि